काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म ३ करोडमाथिको सीसीटीभी क्यामरा आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।
यो अवधिमा ३ करोड २८ लाख ७८ हजार बराबरको ५ हजार १६१ थान सीसीटीभी क्यामरा आयात भएको छ। २०८३ साउन मसान्तसम्म सीसीटीभी क्यामराका लागि यो रकम देशबाहिर जाँदा सरकारले ६१ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका ६ मुलुकबाट उक्त परिमाणको सीसीटीभी क्यामरा आयात भएको देखिन्छ।
यसरी आयात भएका सीसीटीभी क्यामरालाई सीसीटीभी क्यामरा (हाइ स्पीड) र अन्य सीसीटीभी क्यामरा गरी दुई भागमा वर्गीकरण गरिएको छ।
यस्तो छ तथ्याङ्क
| क्र. सं. | देश | परिमाण | रकम हजारमा |
| १ | चीन | ५०८४ | १४७८६ |
| २ | भारत | ६८ | १४७८३ |
| ३ | क्याम्बोडिया | ५ | ३६२ |
| ४ | हङकङ | १ | १ |
| ५ | पोर्चुगल | २ | २९३७ |
| ६ | कतार | १ | ९ |
प्रकाशित: १३ भाद्र २०८३, शनिबार