काठमाडौं ।
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ।
चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो।
प्रविधि र मनोरञ्जनलाई एउटै कार्यक्रममा जोड्ने उद्देश्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ मोटोरोला एज ७० फ्युजनमा ५० मेगापिक्सेलको सोनि एलवाइटि ७१० क्यामेरा, मोटो एआई, ७ हजार मिलियम्म आवोर ब्याट्री, ६८ वाट टर्बो पावर चार्जिङ, १४४ हर्जको १.५ क्वाड–कर्भ्ड डिस्प्ले तथा ५ हजार २०० निट्ससम्मको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ। फोनमा प्रिमियम फेब्रिक फिनिस र प्यान्टोन द्वारा छनोट गरिएका आकर्षक रङहरूमा उपलब्ध छन्।
यो स्मार्टफोन २९ अगस्ट २०२६ देखि नेपालभर उपलब्ध हुने र यसको सुरुआती मूल्य ६९ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
यस मूल्यमा उपलब्ध फिचरलाई हेर्दा मोटोरोला एज ७० फ्युजन आफ्नो श्रेणीका प्रतिस्पर्धी स्मार्टफोनमध्ये आकर्षक विकल्प बन्न सक्ने देखिन्छ।
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार