रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पुगेको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

  • Technology Khabar | १० भाद्र २०८३, बुधबार
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पुगेको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पुगेको व्यापक क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दुःख व्यक्त गरेको छ।

भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी तथा रसुवागढी क्षेत्रमा जनजीवन, पूर्वाधार तथा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको व्यापक क्षतिप्रति नाइमाले दुःख व्यक्त गरेको हो।

प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट सडक तथा पुल, विद्युत् र सञ्चार पूर्वाधार,सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचना तथा अन्य महत्वपूर्ण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी तथा प्रहरी चौकी रसुवागढीसमेत प्रभावित भएका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी रहे पनि मानवीय, भौतिक तथा आर्थिक क्षति अझ ठूलो हुन सक्ने अवस्थाप्रति चिन्ता ब्यक्त गरेको छ।

कम्पनीले कठिन घडीमा प्रभावित नागरिक, परिवार, व्यवसायी, सुरक्षाकर्मी तथा स्थानीय समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै, खोज, उद्धार तथा राहत कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय प्रशासन तथा सम्पूर्ण उद्धारकर्मीहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ।

कम्पनीले भोटेकोशी तथा त्रिशूली नदी प्रणालीसँग जोडिएका क्षेत्रमा जोखिम रहन सक्ने भएकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत सम्भावित प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन तथा सम्बन्धित निकायबाट जारी सुरक्षा सूचना र निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रकाशित: १० भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार