साउन महिनामा ९ करोड रुपैयाँभन्दा बढीको राउटर आयात

  • Technology Khabar | ९ भाद्र २०८३, मंगलवार
साउन महिनामा ९ करोड रुपैयाँभन्दा बढीको राउटर आयात
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउन मसान्तसम्म ९ करोड रुपैयाँभन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ९ करोड १८ लाख १३ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २६ हजार ९३४ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।

यो आयातबाट सरकारले १ करोड ७२ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन, भारत र भियतनाम गरी ३ मुलुकबाट राउटर आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ९ करोड ५ लाख ६४ हजार रुपैयाँ बराबरको २६ हजार ८९० थान राउटर आयात भएको छ।

यसैगरी, भारतबाट ७ हजार बराबरको ९ थान, भियतनामबाट १२ लाख ४२ हजार बराबरको ३५ थान राउटर आएको छ।

यस्तो छ विवरण

क्र.सं. देश विवरण रकम (हजारमा)
चीन २६८९० ९०५६४
भियतनाम ३५ १२४२
भारत

प्रकाशित: ९ भाद्र २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार