काठमाडौं ।
नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरेहेको छ।
कम्पनीका अनुसार सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण लोकप्रिय बनेको थियो।
यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा लोकप्रिय रोजाइ बनाउन सफल भएको छ।
नेपालका सडकमा हालसम्म २ हजार भन्दा बढी नामीसवारी साधन सञ्चालनमा आइसकेका छन्। नामी भिगोइ२ को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरेको छ।
नयाँ नामी बक्सका सम्पूर्ण विशेषता, स्पेसिफिकेसन र मूल्य नाडा अटो शो २०२६मा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार