सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल सरुवा भएर आएका छन्। यसअघि उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत रहेका थिए।

केही समयअघि प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा पौडेललाई पठाईएको थियो।

यसअघि सञ्चार मन्त्रालयको सचिव पद रिक्त रहेको थियो। सो पदमा सरुवा भएका डा. कमल प्रसाद पोखरेल (शर्मा) ले राजीनामा दिएसँगै सो पद रिक्त रहेकोमा हाल सरकारले पौडेललाई पठाएको हो।

केहि दिनअघि मात्र मन्त्रालयको सहसचिवमा रविलाल शर्मा जिम्मेबारी सम्हाल आईपुगेका थिए। उनलाई प्रशासन तथा योजना महाशाखाको जिम्मेबारी दिईएको छ।

यसअघि सहसचिव र सचिव रिक्त हुँदा कतिपय नीतिगत निर्णयहरु तथा केहि नियुक्ति प्रकृयाहरुनै अवरुद्ध भएका छन्।

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Nepal and Ncell collaborate to bring exclusive Dashain Festive Offers for Ncell customers

  • Technology Khabar
  • ८ भाद्र २०८३, सोमबार