जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

  • Technology Khabar | ८ भाद्र २०८३, सोमबार
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फाइल फोटो

काठमाडौं ।

हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ।

निजामती कर्मचारीका लागि पहिलो पटक ई–पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीले जानकारी दिए।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लामा पनि कार्यान्वयनमा ल्याएकामा गतवर्ष चारजना कर्मचारी त्यो सेवा प्राप्त गरेको उनको भनाइ छ।

कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले चन्दननाथ नगरपालिकाबाट पहिलो सेवाग्राहीका रूपमा उक्त सेवा लिएको जानकारी दिइएको छ। स्थानीय तहबाटै ई–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौं जान पर्ने बाध्यता हटेको छ।-रासस

प्रकाशित: ८ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार