काठमाडौं ।
सबै डिजिटल कुराकानी ओपनएआईसँग साझा गर्न चाहनु सकिने नयाँ सुविधा आएको छ। एआई कम्पनी ओपनएआईले च्याटजीपीटीका लागि एप्पल मेसेजेस प्लगइन सार्वजनिक गरेको छ। यसमार्फत इच्छुक प्रयोगकर्ताले आफ्नो मेसेजेस इनबक्सलाई च्याटबटसँग जोड्न सक्नेछन्।
ओपनएआईका अनुसार यसका धेरै फाइदा छन्। प्रयोगकर्ताले च्याटजीपीटीबाटै आफ्ना म्यासेजहरू मिलाउन, विश्लेषण गर्न वा सम्पादन गर्न सक्नेछन्। यो प्लगइन कोडेक्स र च्याटजीपीटी वर्कसँग पनि काम गर्छ। त्यसैले यसलाई व्यक्तिगत कामका साथै व्यावसायिक प्रयोजनमा पनि प्रयोग गर्न सकिनेछ।
टेकक्रञ्चका अनुसार नयाँ प्लगइनको प्रचारका लागि सार्वजनिक गरिएको छोटो विज्ञापनमा एक प्रयोगकर्ताले अघिल्लो दिन प्राप्त म्यासेजका आधारमा आफ्ना सम्पर्कलाई पठाउनुपर्ने फलो–अप म्यासेज सुझाव दिन च्याटबटीलाई भनेको देखाइएको छ।
प्रयोगकर्ताले च्याटजीपीटीलाई आफ्ना म्यासेज मेटाउन, आफ्नो तर्फबाट म्यासेज तयार गरी पठाउन वा पुरानो म्यासेजको लामो इतिहासमा लुकेका जानकारी खोज्न पनि भन्न सक्नेछन्।
एआईसँग सम्बन्धित अधिकांश नयाँ सुविधाजस्तै यसले पनि गोपनीयतासम्बन्धी प्रश्न उठाएको छ। ओपनएआईले ब्लुमबर्गलाई बताएअनुसार यो प्लगइन प्रयोगकर्ताको डिभाइसमा स्थानीय रूपमा चल्छ र यसले “कसैका सबै म्यासेजको इन्डेक्स बनाउँदैन।”
तर यसको वास्तविक अर्थ के हो भन्ने विषयमा विस्तृत जानकारी भने तत्काल स्पष्ट छैन। टेकक्रन्चले यसबारे थप जानकारीका लागि ओपनएआईसँग सम्पर्क गरेको छ।
म्यासेज पठाउने विषयमा ओपनएआईले प्रयोगकर्तालाई च्याटजीपीटीले के गरिरहेको छ भन्नेमा ध्यान दिन आग्रह गरेको छ। कम्पनीले स्थायी स्वीकृति सुविधा सक्रिय नगर्न पनि सुझाव दिएको छ। कम्पनीका अनुसार यस्तो सुविधा सक्रिय गर्दा “च्याटजीपीटीले तपाईंको नाममा म्यासेज पठाउनुअघि त्यसलाई अन्तिमपटक समीक्षा गर्ने मौका हट्छ।”
प्रकाशित: ६ भाद्र २०८३, शनिबार