साउन महिनामा ३ अर्ब ८७ करोड बराबरको स्मार्टफोन आयात, कुन देशबाट कति भित्रिए?

  • Technology Khabar | ६ भाद्र २०८३, शनिबार
साउन महिनामा ३ अर्ब ८७ करोड बराबरको स्मार्टफोन आयात, कुन देशबाट कति भित्रिए?
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात बढ्दो क्रममा रहेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउन महिनाको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात विगतका वर्षमा झै उल्लेख्य रुपमा बढेको देखिएको छ।

यस अवधिमा ३ अर्ब ८७ करोड ७८ लाख २४ हजार रुपैयाँ बराबरको १ लाख ६९ हजार १८५ थान स्मार्टफोन आयात भएको हो।

गत आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म ३ अर्ब ४१ करोड ९२ लाख २२ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ३३३ थान स्मार्टफोन आयात भएको थियो।

चालु आवको यो एक महिनाको अवधिमा स्मार्टफोन आयातबाट सरकारले ७२ करोड ३५ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ३७ मुलुकबाट स्मार्टफोन आएको गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट २ अर्ब ६७ करोड ९५ लाख ७७ हजार रुपैयाँ बराबरको १ लाख ३३ हजार ८८२ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट १ अर्ब ६ करोड ४१ लाख ७९ हजार रुपैयाँ बराबरको ३४ हजार ७१ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ३५ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएको छ।

तालिका यस प्रकार छ:

क्र. सं. देश विवरण (थान) रकम (हजारमा)
अस्ट्रेलिया १४३ १७४१५
बंगलादेश ११ १६२९
चीन १३३८८२ २६७९५७७
जर्मनी ५७२
भारत ३४०७१ १०६४१७९
जापान ४५४ ४०६३९
दक्षिण कोरिया ६६ ६५२५
मलेसिया १५ ११५९
कतार ३६ ३७०५
१० यूएई १३४ १३२१७
११ बेलायत ३७ ४८९८
१२ अमेरिका २२१ ३१९८२

प्रकाशित: ६ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार