सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने

  • Technology Khabar | ३ भाद्र २०८३, बुधबार
सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने

काठमाडौं ।

सरकारले सेवा प्रदायक र ओटीटी/कन्टेन्ट प्रोभाइडरहरुबीच सहकार्यको वातावरण तयार गर्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो वेबसाइटमार्फत् जारी गरेको  एकीकृत दूरसञ्चार नीति, २०८३ मा यस्तो उल्लेख गरिएको छ।

प्राधिकरणको नीति २.५ अन्तर्गतको रणनीति २.६.९ सँग सम्बन्धित पूर्वाधार सहप्रयोग प्रवर्द्धन गर्दै सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्ने प्रयासका रुपमा यसलाई अगाडि बढाइने भएको हो।

यस अनुसार सहप्रयोग गर्न सकिने दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानी निरुत्साहित गर्न दूरसञ्चार पूर्वाधारको सह-निर्माण एवं विस्तार कार्यलाई प्रोत्साहन गरिने छ। साथै सेवाप्रदायकको स्वामित्वमा भएका पूर्वाधारहरु साझेदारी गर्न प्रोत्साहित गर्ने नीति लिइएको छ।

यसैगरी सेवा प्रदायकहरुबीच अन्तरआवद्धता सुनिश्चित गर्ने, ग्राहकहरुले मोबाइल नम्बर परिवर्तन नगरी सेवा प्रदायक छनौट गर्न सक्ने (मोबाइल नम्बर पोर्टेबिलिटी) व्यवस्था गर्ने र सेवा प्रदायकका प्रतिस्पर्धा-विरोधी अभ्यास नियन्त्रण गर्ने नीति पनि लिइएको छ।

प्रकाशित: ३ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार