एन्ड्रोइड १७ मा नयाँ कस्टमाइजेसन विकल्प थप्दै गुगल

  • Technology Khabar | १ भाद्र २०८३, सोमबार
एन्ड्रोइड १७ मा नयाँ कस्टमाइजेसन विकल्प थप्दै गुगल
तस्बिर: टेलिग्राफ

काठमाडौं ।

गुगलले योग्य पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १७ क्यूपीआर२ बिटा ३ अपडेट सार्वजनिक गरेको छ। केही बग समाधानसँगै नयाँ सफ्टवेयरमा विभिन्न नयाँ फिचर पनि थपिएका छन्।

एन्ड्रोइड १७ मा क्विक सेटिङ्स मेनुलाई आफ्नो आवश्यकता अनुसार परिवर्तन गर्न सकिने सुविधा सबैभन्दा उल्लेखनीय नयाँ फिचर हो। टेलिग्राफका अनुसार गुगलले नयाँ क्विक सेटिङ्स लेआउट एडिटर थप्दैछ, जसबाट प्रयोगकर्ताले अधिकांश बटन र सेटिङ परिवर्तन गर्न सक्नेछन्।

प्रयोगकर्ताले आफूले चाहेका क्विक बटनलाई ठूलो टायलमा परिवर्तन गर्न सक्नेछन्। त्यस्तै, ब्राइटनेस स्लाइडर र मिडिया प्लेयरको स्थानसमेत परिवर्तन गर्न सकिनेछ।

एन्ड्रोइड १७ को अन्तिम संस्करणमा थप थिम विकल्प पनि उपलब्ध हुनेछन्। उदाहरणका लागि, स्लाइडर प्रयोग गरेर मुख्य चार रङको ह्यु परिवर्तन गर्न सकिनेछ। केही ब्लर इफेक्ट पनि थपिनेछन्।

यस अपडेटमा कल सुरक्षासम्बन्धी केही फिचर पनि थपिएका छन्। कल फर्वार्डिङ गर्दा अतिरिक्त कन्फर्मेसन डाइलग देखाएर सामाजिक इन्जिनियरिङमार्फत हुने ठगीबाट प्रयोगकर्तालाई जोगाउन यी फिचरले सहयोग गर्नेछन्।

प्रकाशित: १ भाद्र २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार