अनरले नेपालमा सार्वजनिक गर्यो गिम्बल एकीकृत भएको रोबोट फोन

  • Technology Khabar | २९ श्रावण २०८३, शुक्रबार
अनरले नेपालमा सार्वजनिक गर्यो गिम्बल एकीकृत भएको रोबोट फोन

काठमाडौं ।

एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले आज बहुप्रतीक्षित अनर रोबोट फोन सार्वजनिक गरेको गरेको छ।

यो डिभाइसले प्रिमियम स्मार्टफोन डिजाइनमै पूर्ण रूपमा मोटराइज्ड ३ एक्सिस मेकानिकल गिम्बल एकीकृत गर्दै परम्परागत मोबाइल प्रविधिको भौतिक सीमालाई तोडेको कम्पनीको दावी छ।

यसले एआरआरआई इमेज साइन्स र व्यावसायिक सिनेमाटिक वर्कफ्लोका छानिएका तत्वहरूलाई संयोजन गर्दै परम्परागत स्मार्टफोनभन्दा अगाडि बढेर सक्रिय भौतिक साथी तथा शक्तिशाली मोबाइल प्रोडक्सन स्टुडियोका रूपमा काम गर्छ।

अनर रोबोट फोनमा अनर टाइटेनियम एजाइल गिम्बल सहितको अत्यन्तै कम्प्याक्ट ४डिओएफ मेकानिकल सिस्टम समावेश गरिएको छ। ६० वटा निर्माण प्रक्रियामार्फत विकसित यो सिस्टममा १०० भन्दा बढी प्रेसिजन कम्पोनेन्टहरू समावेश छन् र १०० भन्दा बढी पेटेन्टद्वारा समर्थित छ।

व्यावसायिक सिनेमाका क्यामेराहरू डिजाइन गर्ने कम्पनी एआरआरआइ र अनर बीचको सिनेमेटिक इमेजिङ पार्टनरसिप अन्तर्गतको यो पहिलो प्रमुख उत्पादन उपलब्धि हो।

सामान्य फिल्टरभन्दा धेरै अगाडि बढ्दै यस डिभाइसले एआरआरआई इमेज साइन्स तथा व्यावसायिक सिनेमाटिक वर्कफ्लोका छानिएका तत्वहरूलाई स्मार्टफोनमा प्रयोग गर्न कस्टमाइज गरेको छ।

यसको रियर क्यामरा सेटअपमा डुअल २००एमपी क्यामरा सिस्टम रहेको छ। यसमा १/१.२८ इन्च सेन्सर र एफ/१.६ एपर्चरसहितको २००एमपी एजाइल गिम्बल मेन क्यामरा तथा १/१.४ इन्च सेन्सर र २.७ एक्स अप्टिकल जुम सहितको २००एमपी पेरिस्कोप टेलिफोटो क्यामरा समावेश छन्।

कम्पनीका अनुसार स्न्यापड्रागन ८ एलिट जेन ५ मोबाइल प्ल्याटर्फमद्वारा सञ्चालित अनर रोबोट फोनले एआई प्रोसेसिङ, इमेजिङ र मल्टिटास्किङका लागि फ्ल्यागशिप स्तरको प्रदर्शन प्रदान गर्छ।

त्यस्तै ७,०६० मिलि एम्प आवर नेक्स्ट जेन अनर सिलिका कार्बोन ब्याट्रिले दिनभरको ब्याट्री ब्याकअप सुनिश्चित गर्छ। यसमा १२० वाट वायर्ड र ५० वाट वायरलेस अनर सुपर चार्ज पनि उपलब्ध छ।

अनर रोबोट फोनमा एन्ड्रोइड पहिलोपल्ट पूर्ण रुपमा युनिबडि डिजाइनको मेटल बडी रहेको छ। यसमा ६.३१ इन्च एलटिपीओ ओएलईडी अनर एआई आई कम्फर्ट डिस्प्ले रहेको छ, जसलाई अनर नानो क्रिस्टल शिल्डले सुरक्षा प्रदान गर्छ।

डिस्प्लेले एड्याप्टिभ १–१२० हर्ज रिफ्रेस रेट सपोर्ट गर्छ र अधिकतम ६,८०० निट्स पिक ब्राइटनेससम्म पुग्छ। साथै ४२२० एचजेड पिडब्लुइम डिमिङ लगायतका उन्नत आई कमर्फट प्रविधिहरूले लामो समयसम्म प्रयोग गर्दा पनि सहज दृश्य अनुभव प्रदान गर्छ।

प्रकाशित: २९ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...