दक्षिण कोरियाले सेमिकन्डक्टरका पार्टपुर्जा र उपकरणको लागि ५ ट्रिलियन वोन बराबरको कोष स्थापना गर्ने

  • Technology Khabar | २६ श्रावण २०८३, मंगलवार
दक्षिण कोरियाले सेमिकन्डक्टरका पार्टपुर्जा र उपकरणको लागि ५ ट्रिलियन वोन बराबरको कोष स्थापना गर्ने

काठमाडौं ।

दक्षिण कोरियाले ५ ट्रिलियन वोन (३.५२ बिलियन अमेरिकि डलर) बराबरको नयाँ सेमीकन्डक्टर कोष सच्चालनमा ल्याउने भएको छ।

दक्षिण कोरिया राष्ट्रपति कार्यालयका प्रमुख काङ हुन–सिकले चिप उत्पादन केन्द्र निर्माण गर्ने सरकारी योजना अन्तर्गत दक्षिण कोरियाले सम्भावना बोकेका चीप सामग्री, पार्ट र फ्याबलेस कम्पनीहरुमा केन्द्रित रही यस्तो कोष सञ्चालनमा ल्याउने सोमबार बताएका हुन्।

काङका अनुसार सरकारले निर्यात उन्मुख आपूर्तिकर्ताका लागि ५ ट्रिलियन वोन बराबरको व्यापार वित्त सुबिधा उपलब्ध गराउने छ। अनुमति प्रक्रिया, वातावरणीय समिक्षा र पूर्वाधार विकासलाई तीव्रता दिन यसै वर्ष ‘मेगा स्पेसल जोन एक्ट’ पारित गराउने प्रयास गरिने छ।

सरकारले होनाम क्षेत्रमा सञ्चालित सेमीकन्डक्टर परियोजनाहरूका लागि सन् २०३० सम्ममा ६ लाख ५० हजार टन पानीको आपूर्ति सुनिश्चित गर्ने छ भने योङइन सेमीकन्डक्टर क्लस्टरमा सन् २०४१ सम्ममा योजनाअनुसार १४.७ गिगावाट विद्युत् उपलब्ध गराइने काङले बताए।

प्रकाशित: २६ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार