सीएनआई युवा उद्यमी मञ्चको आठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

  • Technology Khabar | १७ श्रावण २०८३, आईतवार
सीएनआई युवा उद्यमी मञ्चको आठौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन

काठमाडौं ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। शुक्रवार देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको उपस्थितिमा सभा सम्पन्न भएको हो।

सीएनआईवाइईयएफका अध्यक्ष मनिष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवा उद्यमीहरूको सशक्तीकरणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पारे। स्टार्टअप चेयर श्चिराग सरावगीले सीएनआईवाइईयफका विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण गरेका थिए।

सो अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। जसमा समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि जितेन्द्र बहातीलाई ‘मोस्ट एक्टिभ मेम्बर (पुरुष)’, प्रमुख पहलहरूमा पुर्‍याएको योगदानका लागि नेहा अग्रवाललाई ‘मोस्ट एक्टिभ मेम्बर (महिला)’, र सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो।

नयाँ बोर्डमा अध्यक्ष सुगम घिमिरे, निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल, र फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर अङ्कुर अग्रवाल रहेका छन्। यस्तै को–चेयरहरूमा न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन), र चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन भएका छन्।

सम्बोधनका क्रममा प्रमुख अतिथि डा. मल्लले उद्यमशीलता विकास सुविधाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै सीएनआईवाइईयफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताए। परिसंघका अध्यक्ष पाण्डेले देशको आर्थिक समृद्धिमा सीएनआईवाइईयफको भूमिकाको प्रशंसा गर्दै युवा नेतृत्वलाई हौसला प्रदान गरिनुपर्ने बताए।

प्रकाशित: १७ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार