राकुटेन सिम्फनी र कीभस्टारले युक्रेनको कीभ वरपर ओपन र्यानको फिल्ड परीक्षण गर्ने

  • Technology Khabar | १३ श्रावण २०८३, बुधबार
राकुटेन सिम्फनी र कीभस्टारले युक्रेनको कीभ वरपर ओपन र्यानको फिल्ड परीक्षण गर्ने

काठमाडौं ।

राकुटेन सिम्फनी र युक्रेनी दूरसञ्चार कम्पनी कीभस्टारले युक्रेनको कीभ वरपर ओपन र्यानको फिल्ड परीक्षण गर्ने भएका छन्।

यस परियोजनाअन्तर्गत राकुटेन सिम्फनीले युक्रेनमा क्लाउड-नेटिभ ओपन र्यान वातावरण उपलब्ध गराउनेछ र लचिलो तथा कम लागतमा सञ्चालन गर्न सकिने नेटवर्क निर्माण र सञ्चालनलाई सहज बनाउन प्रमाणीकरण परीक्षण गर्नेछ।

दुवै कम्पनी यसअघि देखि सहकार्य गर्दै आएका छन् र युक्रेनमा हुने यी प्रदर्शन परीक्षणहरू त्यस सहकार्यको अर्को चरण भएको जनाइएको छ। उनीहरूले ओएसएस, क्लाउड प्रविधि र राकुटेन इकोसिस्टमका अन्य पक्षहरूको कार्यान्वयनमा पनि सहकार्य गरिरहेका छन्।

टेलिकम्स डटकमका अनुसार यसअघि उनीहरूले राकुटेन सिम्फनीको ओपन र्यान र क्लाउड समाधानको प्रयोगशाला परीक्षण गरेका थिए, जसमा फोरजी वातावरणमा मुख्य विशेषता र अन्तरसञ्चालन क्षमता परीक्षण गरिएको थियो। अब ती क्षमताहरूलाई फोरजी/फाइभजी संरचनामा विस्तार गर्दै फिल्ड परीक्षण गरिनेछ।

ओपन र्यान फोरजी एलटीई फिल्ड परीक्षण कीभ वरपर गरिनेछ। यसको उद्देश्य सञ्चालनमा रहेको ब्राउनफिल्ड नेटवर्कमा ओपन र्यानको कार्यसम्पादन परीक्षण गर्नु हो। यसमा वितरित र्यान (डी-आरएएन) र केन्द्रीकृत र्यान (सी- आरएएन) दुवै संरचनाको मूल्याङ्कन गरिनेछ। यो पुरानो पूर्वाधार प्रतिस्थापन गर्दै नेटवर्क आधुनिकीकरण गर्ने पहलको हिस्सा हो।

यता फाइभजी क्षमताको मूल्याङ्कन प्रयोगशालामा गरिनेछ र भविष्यमा सम्भावित व्यावसायिक प्रयोगको सम्भावना पनि अध्ययन गरिनेछ।

यस परियोजनामा करिब ७१० मिलियन येन लगानी गरिनेछ, जसमा जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयको अनुदानमार्फत अधिकतम ३५० मिलियन येनसम्म उपलब्ध हुन सक्ने जनाइएको छ। राकुटेन सिम्फनीले भविष्यमा व्यावसायिक रूपमा विस्तार गर्न सकिने व्यवसायिक मोडेल स्थापना गर्ने लक्ष्य राखेको छ।

कम्पनीले युक्रेनमा जारी द्वन्द्वका बीच दूरसञ्चार पूर्वाधारको पुनर्स्थापना र यसको स्थायित्व महत्वपूर्ण चुनौती बनेको जनाएको छ।

यस परियोजनामार्फत राकुटेन सिम्फनीले रेडियो पहुँच नेटवर्कको छिटो र प्रभावकारी पुनर्निर्माणमा सहयोग गर्ने तथा स्वायत्त नेटवर्क सञ्चालनका लागि आवश्यक प्राविधिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको बताएको छ, जसले युक्रेनको आर्थिक पुनरुत्थानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यस वर्षको सुरुमा यी परीक्षणमा संलग्न राकुटेन मोबाइलले जापानभर आफ्नो मोबाइल नेटवर्कका लागि सामसङका ओपन र्यान अनुरूप फाइभजी रेडियो उपकरण छनोट गरेको थियो।

उक्त सम्झौताअनुसार सामसङले ७०० मेगाहर्जको लो-ब्यान्ड, १.७ गिगाहर्जको मिड-ब्यान्ड तथा ३.८ गिगाहर्ज ब्यान्डलाई समर्थन गर्ने म्यासिभ माइमो रेडियोसहित ओपन र्यान अनुरूप रेडियोहरूको पूर्ण श्रृंखला उपलब्ध गराउनेछ।

सामसङले त्यसबेला आफ्ना साना र हल्का रेडियो उपकरण भवन र पोलमा सजिलै जडान गर्न सकिने र यसले घना सहरी क्षेत्रमा सजिलो स्थापना सम्भव बनाउने जनाएको थियो।

प्रकाशित: १३ श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार