यूट्युब म्युजिकमा उत्कृष्ट अडियो गुणस्तर कसरी प्राप्त गर्ने? यस्ता छन् सरल टिप्स

  • Technology Khabar | १२ श्रावण २०८३, मंगलवार
यूट्युब म्युजिकमा उत्कृष्ट अडियो गुणस्तर कसरी प्राप्त गर्ने? यस्ता छन् सरल टिप्स

काठमाडौं ।

यूट्युब म्युजिकले प्रिमियम सदस्यका लागि पनि सबैभन्दा उत्कृष्ट ध्वनि गुणस्तर उपलब्ध गराउँदैन। यदि तपाईंलाई लसलेस अडियो चाहिएमा अमेजन म्युजिक, एप्पल म्युजिक, स्पोटीफाई र टाइडलजस्ता सेवाहरू राम्रो विकल्प हुन्।

तर यूट्युब म्युजिकका आफ्नै फाइदाहरू पनि छन्, जस्तै अनौपचारिक अपलोड, लाइभ प्रस्तुति, रिमिक्स र दुर्लभ गीतहरू।

तपाईंले जुनसुकै कारणले यूट्युब म्युजिकप्रयोग गरिरहनुभएको भए पनि यसको पूर्वनिर्धारित सेटिङभन्दा राम्रो ध्वनि गुणस्तर प्राप्त गर्न सक्नुहुन्छ।

कसरी गर्ने?

पूर्वनिर्धारित रूपमा यूट्युब म्युजिकले सामान्य बिटरेट प्रयोग गर्छ, जसको अधिकतम १२८ केबीपीएस हुन्छ। यसले डेटा बचत गर्न मद्दत गर्छ, तर उच्च गुणस्तरको संगीत सुन्नका लागि पर्याप्त हुँदैन।

सेवामा उपलब्ध सबैभन्दा उच्च सेटिङ २५६ केबीपीएस हो, जसले विशेषगरी राम्रो हेडफोन वा स्पिकर प्रयोग गर्दा अझ स्पष्ट ध्वनि दिन्छ। तर यसले बढी डाटा प्रयोग गर्छ, त्यसैले राम्रो इन्टरनेट जडान र पर्याप्त डेटा प्याकेज भएको अवस्थामा यो उपयुक्त हुन्छ।

तर एउटा मुख्य सर्त छ। २५६ केबीपीएस गुणस्तर प्रयोग गर्न तपाईंले यूट्युब म्युजिक  प्रिमियम (महिनाको १२ डलरबाट सुरु) वा यूट्युब प्रिमियम (महिनाको १६ डलरबाट सुरु) को सदस्यता लिनुपर्छ। अन्यथा तपाईंको अडियो गुणस्तर सामान्य बिट रेटमै सीमित हुन्छ।

यूट्युब म्युजिकको स्ट्रिमिङ गुणस्तर कसरी परिवर्तन गर्ने

एण्ड्रोइड र आईफोनमा सेटिङको स्थान केही फरक भए पनि विकल्पहरू उस्तै छन्।

यूट्युब म्युजिक एपमा:

आफ्नो प्रोफाइल तस्वीरमा ट्याप गरेर सेटिङ्समा जानुहोस्।

प्लब्याक मेनु खोल्नुहोस्। (एण्ड्रोइडमा डाटा सेभिङ, आईफोनमा प्लेब्याक एण्ड रेस्ट्रिक्सन्ज)

अडियो क्वालिटी अन मोबाइल नेटवर्कअडियो क्वालिटी अन वाई-फाई लाई हाइ वा अलवेज हाइ मा परिवर्तन गर्नुहोस्। (हाइ ले इन्टरनेट राम्रो हुँदा २५६ केबीपीएस प्रयोग गर्छ भने अलवेज हाइले कमजोर जडानमा पनि सकेसम्म यही गुणस्तर कायम राख्ने प्रयास गर्छ।)

यूट्युब म्युजिकको डाउनलोड गुणस्तर कसरी परिवर्तन गर्ने?

इन्ग्याजेटका अनुसार डाउनलोड गरिएका गीतहरूको बिटरेट पनि परिवर्तन गर्न सकिन्छ।

आफ्नो प्रोफाइल तस्वीरमा ट्याप गरेर सेटिङ्स>डाउनलोड एण्ड स्टोरेज> अडियो क्वालिटीमा जानुहोस्।

हाइ चयन गर्नुहोस्। यसले डाउनलोड गरिएका गीतहरू २५६ केबीपीएस गुणस्तरमा उपलब्ध गराउँछ।

तर डाउनलोड गरिएका गीतका लागि एउटा सर्त छ। पहिले नै डाउनलोड भएका गीतहरू स्वतः २५६ केबीपीएसमा परिवर्तन हुँदैनन्। त्यसका लागि पुराना डाउनलोड हटाएर फेरि डाउनलोड गर्नुपर्छ। यो काम सोही मेनुबाट एकैपटक वा आफ्नो लाइब्रेरीबाट छुट्टाछुट्टै गर्न सकिन्छ।

प्रकाशित: १२ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार