दक्षिण कोरियाको एसके टेलिकमले एआई डाटा सेन्टर व्यवसाय विस्तारका लागि नयाँ कम्पनी स्थापना गर्ने

  • Technology Khabar | १० श्रावण २०८३, आईतवार
दक्षिण कोरियाको एसके टेलिकमले एआई डाटा सेन्टर व्यवसाय विस्तारका लागि नयाँ कम्पनी स्थापना गर्ने

काठमाडौं ।

दक्षिण कोरियाको दूरसञ्चार कम्पनी एसके टेलिकमले कृत्रिम बुद्धिमत्ता (एआई) डाटा सेन्टर (एआईडीसी) व्यवसाय विस्तारका लागि नयाँ कम्पनी स्थापना गर्ने भएको छ। कम्पनीले सन् २०३० सम्म यसमा ७५० अर्ब दक्षिण कोरियाली वन लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

नयाँ कम्पनीको नाम एसके हाइपर राखिएको छ। कम्पनीका अनुसार यो नामले सबै सीमाहरू पार गर्दै असीम सम्भावनालाई साकार बनाउने लक्ष्य र एआई डाटा सेन्टर व्यवसायलाई हाइपरस्केल स्तरमा विस्तार गर्ने प्रतिबद्धतालाई जनाउँछ।

एसके हाइपरले १५ गिगावाट क्षमताको एआई डाटा सेन्टर निर्माण योजनाको व्यवसाय विकास गर्ने जिम्मेवारी पाउनेछ। यसअन्तर्गत उपयुक्त स्थान छनोट, सबस्टेसन निर्माण तथा सञ्चालन, ग्राहक आकर्षित गर्ने र व्यवसायलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने काम समावेश हुनेछ।

एसके टेलिकमले नयाँ कम्पनीको १०० प्रतिशत स्वामित्व राख्नेछ र स्वीकृत लगानी सीमाभित्र आवश्यकताअनुसार सन् २०३० सम्म चरणबद्ध रूपमा लगानी गर्ने जनाएको छ।

यसअघि कम्पनीले आफ्ना एआई क्षमताहरूलाई एकीकृत गर्न एआई डाटा सेन्टर एकीकृत विकास डिभिजन स्थापना गरेको थियो। नयाँ सहायक कम्पनीमार्फत सरकारले अघि सारेको एआई पूर्वाधारसम्बन्धी ‘मेगा प्रोजेक्ट’लाई गति दिने कम्पनीको लक्ष्य छ।

पहिलो चरणमा सन् २०२९ सम्म ५ गिगावाट क्षमताको एआई डाटा सेन्टर निर्माण गर्ने र त्यसपछि सन् २०३५ सम्म कुल क्षमता १५ गिगावाट पुर्‍याउने योजना रहेको छ।

कम्पनीले सुरुवातमा उल्सानमा १ गिगावाट क्षमताको एआई डाटा सेन्टर क्लस्टर निर्माण गर्नेछ। त्यसपछि चुङचियोङ र होनाम क्षेत्रमा थप केन्द्रहरू विस्तार गरिनेछ।

एसके हाइपरको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुङ सुक–गुन नियुक्त भएका छन्। उनी हाल एसके टेलिकमको एआई कम्पनी-इन-कम्पनी (एआई सीआईसी) का प्रमुख तथा एआई डाटा सेन्टर एकीकृत विकास डिभिजनका प्रमुख पनि हुन्।

टेलिकम्स डटकमका अनुसार चुङ सुक–गुनले एसके हाइपरको उद्देश्य एसके समूहको एशियालाई एआई पूर्वाधार केन्द्र बनाउने योजनालाई व्यवहारमा उतार्नु रहेको बताए। उनले व्यवस्थित र तीव्र कार्यान्वयनमार्फत मुख्य पूर्वाधार र ग्राहक सुनिश्चित गर्दै दक्षिण कोरियालाई एआई क्षेत्रमा अग्रणी राष्ट्र बनाउने लक्ष्य रहेको बताए।

यस वर्षको सुरुमा एसके टेलिकमले एरिक्सनसँग एआई रेडियो एक्सेस नेटवर्क (एआई आरएएन) लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको थियो। सहकार्यअन्तर्गत स्वचालित प्रविधिमार्फत ५जी नेटवर्कको कार्यसम्पादन, सुरक्षा र ऊर्जा दक्षता सुधार गर्ने तथा नयाँ सेवा विकास गर्ने विषयमा काम हुने टेलिकम्स डटकमले उल्लेख गरेको छ।

दुवै कम्पनीले खुला र स्वचालित नेटवर्क, ५जी एडभान्स्ड र ६जी वातावरणमा सुरक्षा तथा वास्तविक समयमै साइबर जोखिमको प्रतिक्रिया, साथै स्पेक्ट्रम रणनीति, एक्स्ट्रिम एमआईएमओ, ऊर्जा दक्षता र इन्टिग्रेटेड सेन्सिङ एन्ड कम्युनिकेसन (आईएसएसी) सम्बन्धी ६जी मापदण्डमा पनि सहकार्य गर्नेछन्।

यसै वर्ष एसके टेलिकमले युरोपेली संघको होराइजन युरोप परियोजनाअन्तर्गत नयाँ पुस्ताको क्वान्टम क्रिप्टोग्राफी प्रविधि विकासका लागि पनि लगानी प्राप्त गरेको छ। यस परियोजनामा सहभागी हुने यो पहिलो एसियाली निजी कम्पनी बनेको कम्पनीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • १० श्रावण २०८३, आईतवार