काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ हाराहारीको राउटर आयात भएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार २ अर्ब ४६ करोड ८१ लाख २३ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ९ लाख ४४ हजार ९५३ थान राउटर आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले ४६ करोड १५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित नाम नखुलेको गरी विश्वका १७ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट २ अर्ब ३६ करोड ७६ लाख ९७ हजार रुपैयाँ बराबरको ९ लाख १६ हजार १११ थान राउटर आयात भएको छ।
यसैगरी, भारतबाट ८ लाख १५ हजार बराबरको ९१३ थान, मलेसियाबाट ६ लाख ७६ हजार बराबरको ७१ थान, अमेरिकाबाट ६ लाख ७७ हजार बराबरको १३ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ८ करोड ५८ लाख ९६ हजार बराबरको २७ हजार १०७ थान राउटर आएको छ।
विवरण
| क्र. सं. | देश | परिमाण | रकम |
| १ | चीन | ९१६१११ | २३६७६९७ |
| २ | भारत | ९१३ | ८१५ |
| ३ | लाट्भिया | ३५३ | ५९९९ |
| ४ | लिथुआनिया | २०२ | २८४१ |
| ५ | मलेसिया | ७१ | ६७६ |
| ६ | नाम नखुलेको | ४० | २५७ |
| ७ | ताइवान | १०३ | १९४३ |
| ८ | बेलायत | १६ | ११९ |
| ९ | अमेरिका | १३ | ६७७ |
| १० | भियतनाम | २७१०७ | ८५८९६ |
प्रकाशित: ९ श्रावण २०८३, शनिबार