जेठमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य बढ्यो

  • Technology Khabar | ४ श्रावण २०८३, सोमबार
जेठमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र सङ्ख्या दुवै उल्लेख्य बढ्यो

काठमाडौं ।

चालु आर्थिक वर्षको एघारौं महिना जेठ २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र सङ्ख्या दुबै उल्लेख्य रुपमा बढेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ जेठ मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम २ करोड २४ लाख र सङ्ख्या झण्डै ७० हजारले ले बढेको पाइएको हो।

विवरण अनुसार २०८३ जेठ महिनाभरीमा ई–कमर्समार्फत १६ करोड ६१ लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् वैशाख मसान्तसम्म १४ करोड ३७ लाख रुपैयाँ रहेको थियो।

यसरी हेर्दा वैशाख २०८२ बाट जेठ मसान्त २०८३ सम्म आउँदा ईकमर्स मार्फत हुने कारोबार २ करोड २४ लाख रुपैयाँले बढेको देखिन्छ।

कारोबार सङ्ख्याका हिसाबले हेर्दा २०८३ जेठ मसान्तसम्म ई–कमर्स मार्फत २ लाख ८४ हजार ८६० पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् २०८३ वैशाख मसान्तसम्म भने २ लाख १५ हजार ५९ पटक कारोबार भएको थियो।

तुलनात्मक रुपमा हेर्दा वैशाख मसान्त २०८२ देखि जेठ मसान्त २०८३ सम्म आउँदा ई-कमर्समार्फत हुने कारोबार सङ्ख्यामा ६९ हजार ८०१ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।

प्रकाशित: ४ श्रावण २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार