प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो नेपाल टेलिकमको टावर चढेका युवकको सकुशल उद्धार

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
प्रेमिकालाई बोलाइदिन माग गर्दै ८० मिटर अग्लो नेपाल टेलिकमको टावर चढेका युवकको सकुशल उद्धार

काठमाडौं ।

सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका-९ स्थित नेपाल टेलिकमको टावरमाथि चढेका युवक सकुशल तल ओर्लिएका छन्।

नेपाल टेलिकमको ८० मिटर उचाइ रहेको टावरमाथि गोडैता नगरपालिका- ९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन चढेका थिए। आफूले मनपराएको गाउँकै केटीसँग बिहे गर्न चाहेपनि परिवारसँग मतभेद भएपछि टेलिकमको टावरमाथि चढेको बताईएको छ।

आइतबार बिहानै उनी टावरमा चढेको अनुमान गरिएको छ। टावरमा चढेर साथीलाई फोन गरेपछि घटना बाहिएको थियो।

सुरक्षाकर्मी, परिवारजन र नेपाल टेलिकमको कर्मचारीहरुले प्रयास गर्दा उनी सुरुमा झर्न मानेनन्, पछि तलबाट उनका बुबाले फोन गरेर सम्झाएपछि हुसैन टावरबाट ओर्लिएका थिए।

सर्लाहीका प्रहरीका अनुसार घटनाको जानकारी प्राप्त भएपछि प्रहरी तत्काल घटनास्थलमा परिचालन भई उद्धार अभियान सुरु गरेको थियो।

हुसेनलाई परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर सम्झाइ–बुझाइ गरेपछि उनी बिहान करिब ९ बजे टावरबाट तल झरेका थिए।

उद्धारपछि उनलाई आवश्यक स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्शका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले बताएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार