विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट नि:शुल्क प्रत्यक्ष प्रसारण हुने

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट नि:शुल्क प्रत्यक्ष प्रसारण हुने

काठमाडौं ।

फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले विश्वकपको बहुप्रतीक्षित फाइनल खेल एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएका छन्।

फुटबलको सर्वोच्च उपाधिका लागि हुने निर्णायक खेल कुनै अतिरिक्त शुल्क नतिरी एनटीभी प्लसमार्फत हेर्न पाउनेछन्।

विश्वकपको फाइनलप्रति नेपालीको उच्च चासो रहेको अवस्थामा सरकारी टेलिभिजनबाट निःशुल्क प्रसारण हुने घोषणाले ठूलो संख्यामा दर्शक लाभान्वित हुने अपेक्षा गरिएको छ।

फिफाको तेश्रो स्थानका लागि भएको फ्रान्स र इंगल्याण्डबीचको खेल समेत एनटिभी प्लसमा निःशुल्क प्रसारण गरिएको थियो।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...