काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिएको तथा दुर्व्यवहार गरेकाे आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सांसद ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट धम्की दिने तथा चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेका भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको हो।
राप्रपा सांसद खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या, गालीगलौज र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा शनिबार चितवनबाट दुई जना पक्राउ परेका हुन्।
प्रकाशित: ३ श्रावण २०८३, आईतवार