विश्वभर मेटाको फेसबुक, इन्टाग्राम र मेसेन्जर डाउन, नेपाली प्रयोगकर्ताहरु पनि समस्यामा

  • Technology Khabar | ३ श्रावण २०८३, आईतवार
विश्वभर मेटाको फेसबुक, इन्टाग्राम र मेसेन्जर डाउन, नेपाली प्रयोगकर्ताहरु पनि समस्यामा

काठमाडौं ।

मेटाको अधिनमा रहेको सामाजिक सञ्जाल फेसबुक विश्वव्यापी रूपमा आउटेजको अनुभव गरेको छ, जसले गर्दा यसको मुख्य एप र वेबसाइटका साथै इन्टाग्राम समेत प्रभावित भएको छ।

नेपालमा पनि कयौं प्रयोगकर्ताहरू स्वचालित रूपमा लग आउट भएका छन् र फेरि लग इन गर्न असमर्थ भएका छन्। कतिपयको ब्राउजरमा केहि समयपछि मात्र प्रयास गर्न भनिएको देखिन्छ।

कतिपय प्रयोगकर्ताहरुले फेसबुकनै नखुलेको बताएका छन् भने कतिपयको डिभाइसमा क्यासमा रहेका पेजहरु मात्र देखिनेगरी खुलिरहेका छन्।

यसका साथै मेसेन्जर पनि डाउन भएको छ।

यो समस्या फेसबुक, इन्टाग्राम र मेसेन्जरको वेबसाइटमा विशेषगरी देखिएको छन्।

सेवाहरू पहुँच गर्न प्रयास गर्ने प्रयोगकर्ताहरूलाई ‘अप्रत्याशित त्रुटि भयो’ वा ‘केही गलत भयो’ जस्ता त्रुटि सन्देशहरू देखिएका छन्, यसैगरी पुन प्रयास गर्नुहोस् भन्ने सुचना दिएको छ। कतिपय प्रयोगकर्ताहरुको स्वतः लगआउट भएको देखिन्छ।

मोबाइल एपहरू धेरै हदसम्म अनलाइन रहेको देखिए पनि, इन्स्टाग्रामको वेबसाइट सहितका उत्पादनहरू पनि सम्बन्धित समस्याहरूबाट पीडित भए।

नेपालसहित आज विश्वभर आउटेजका रिपोर्टहरू आएका छन्।

मेटाले आफ्ना उपभोक्ता उत्पादनहरूको लागि आधिकारिक स्थिति पृष्ठ कायम गर्दैन, र यसको व्यापारिक उपकरण स्थिति पृष्ठ व्यापक अवरोधलाई प्रतिबिम्बित गर्न अद्यावधिक गरिएको थिएन।

डाउनडिटेक्टरका अनुसार विश्वभर फेसबुक आउटेजको मात्र ४७ सय भन्दा बढि रिपोर्ट गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार