काठमाडौं ।
गत हप्ता, गुगलले अगस्ट १२ मा न्यूयोर्क सिटीमा एक कार्यक्रममा पिक्सेल ११ परिवारको अनावरण गर्ने घोषणा गरेको थियो। अब, कम्पनीले सबै ठाउँहरूको आफ्नो अनलाइन स्टोरको गृहपृष्ठमा डिभाइसहरूको लागि धेरै छोटो टिजर भिडियो अपलोड गरेको छ।
भिडियोले पिक्सेल ग्लो भनिने धेरै हल्ला गरिएको आगामी सुविधाको प्रदर्शन गरेको छ। यो मूल रूपमा सर्कूलर एलईडी बत्तीले रङ्गगहरूको पूर्ण रेञ्ज देखाउन सक्ने बताइएको छ। यो अवश्य पनि एक ग्लोरिफाइड नोटिफिकेसन लाइटको रूपमा प्रयोग गरिनेछ। यसको फूल–कलर एरेको साथ यो विभिन्न एपहरूको लागि फरक रङ्गहरू देखाउन अनुकूलन योग्य हुने आशा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी गुगलले वास्तवमा पहिलो पटक पिक्सेल ११ नामको पुष्टि गरेको छ। कम्पनीले अगस्ट १२ मा लन्च कार्यक्रमको दिन पिक्सेल ११ परिवारको लागि पूर्व–अर्डर लिन सुरु गर्ने थप खुलासा गरेको छ।
अमेरिकामा गुगल स्टोरको गृहपृष्ठमा गएर अगस्ट ७ तारिख राति ११ः५९ बजेसम्म आफ्नो इमेल ठेगाना इन्ट्रि गर्दा अगस्ट १२ मा गुगलले प्रयोगकर्तालाई डिभाइसहरूको लागि विशेष प्रोमो कोड पठाउनेछ र त्यसलाई प्रयोगकर्ताले अगस्ट २७ तारिख राति ११ः५९ बजेसम्म प्रयोग गर्न सक्नेछन्।
फोटो सौजन्यः जीएसएमएरिना
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार