काठमाडौं ।
एनभिडियाको गेम स्ट्रिमिङ सेवा जीफोर्स नाउ अब भारतमा उपलब्ध भएको छ। यो सेवा पहिलो पटक अप्रिलमा खुला बिटाको साथ देशमा प्रवेश गरेको थियो भने त्यसले केवल ९०–दिनको पासहरू प्रदान गरेको थियो। अब, यो व्यापक रूपमा उपलब्ध हुनुका साथै मासिक पासहरू प्रदान गर्ने भएको छ।
निःशुल्क विज्ञापन–समर्थित टियरले प्रयोगकर्तालाई १ घण्टामा सीमित गेमिङ सत्रहरू सहित ६०एफपीएसमा १०८०पी स्ट्रिमिङ प्रदान गर्दछ। यो चीजहरू परीक्षण गर्ने एक राम्रो तरिका भएको (विशेष गरी इन्टरनेट कनेक्सन) र सर्ट राउन्डहरूमा खेलिने खेलहरूको लागि काम गर्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी त्यहाँ पर्फर्मेन्स र अल्टिमेट टियरहरु सहित थप दुईओटा टियरहरू उपलब्ध छन्। पर्फर्मेन्स टियरको लागि प्रति महिना १,००० भारतीय रुपैयाँ र अल्टिमेटको लागि प्रति महिना २,००० भारतीय रुपैयाँ शुल्क तिर्नु पर्नेछ।
त्यसैगरी यिनीहरु प्रति दिन ४०० भारतीय रुपैयाँ र प्रति दिन ८०० भारतीय रुपैयाँमा दिनको पासको रूपमा उपलब्ध पनि हुनेछन्। साथै सेसन लेन्थ लिमिट्स (सत्र लम्बाइ सीमाहरू) तर्फ ६ घण्टा र ८ घण्टासम्म रहेका छन्।
त्यसका साथै प्रति महिना १०० घण्टाको प्लेटाइम सीमा पनि उपलब्ध हुने उल्लेख गरिएको छ। त्यसैगरी यदि सर्भरहरू व्यस्त भएको खण्डमा भने, प्रयोगकर्तालाई लाइनमा राखिने र उच्च स्तरहरूको लागि भुक्तानी गर्ने मानिसहरूले प्राथमिकता पाउनेछन्।
पर्फर्मेन्स टियरले प्रयोगर्तालाई ६०एफपीएसमा १४४०पी गेमिङ प्रदान गर्दछ। अल्टिमेट टियरले ३६०एफपीएसमा फाइभके स्ट्रिमिङको साथ जीफोर्स नाउ आरटीएक्स ५०८० बराबरको मेसिन प्रदान गर्दछ।
अल्टिमेट टियरले डीएलएसएस ४, रिफ्लेक्स र क्लाउड जी–सिङ्कसहित ङ्काई–इन्ड सुविधाहरू पनि सक्षम गर्दछ (मनिटरले जी–सिङ्क समर्थन गर्नु पर्नेछ)।
त्यसैगरी प्रयोगकर्ताले बिटा परीक्षणमा, पुनरावर्ती सदस्यताको पहिलो तीन महिनामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने त्यसको बारेमा इमेल प्राप्त गरिने उल्लेख गरिएको छ।
जीफोर्स नाउले प्रयोगकर्तालाई इन्टरनेट मार्फत गेमिङ पीसीमा जडान गर्दछ। यद्यपि यो सेवाले कुनै पनि खेलहरू प्रदान गर्दैन। त्यसको सट्टा, यो सेवाले प्रयोगर्तालाई स्टीम, एपिक गेम स्टोर, एक्सबक्स, ब्याटल डट नेट र जीओजी जस्ता सेवाहरूमा प्रयोगकर्ताको स्वामित्वमा रहेका खेलहरू खेल्न दिन्छ। एक्सबक्स गेम पास र यूबिसफ्ट कनेक्ट जस्ता खेल सदस्यता सेवाहरूले पनि काम गर्दछन्।
प्रकाशित: १ श्रावण २०८३, शुक्रबार