जेठ मसान्तसम्म साढे ३७ करोड हाराहारीको डिजिटल क्यामरा आयात, ७ करोड हाराहारी राजस्व संकलन

  • Technology Khabar | १ श्रावण २०८३, शुक्रबार
जेठ मसान्तसम्म साढे ३७ करोड हाराहारीको डिजिटल क्यामरा आयात, ७ करोड हाराहारी राजस्व संकलन
एआईमा्र्फत् बनाइएङ्को सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ३७ करोड बढीको ६७ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ वैशाख मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा डिजिटल क्यामरा आयात अन्य महिनाहरुमा झैँ उल्लेख्य वृद्धि हुँदै गइरहेको पाइएको हो।

२०८३ वैशाख मसान्तसम्म समग्रमा ३७ करोड ४२ लाख ७ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ६७ हजार ४३२ थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट ६ करोड ९३ लाख ३९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा २७ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड, नाइट भिजन र अन्यमा वर्गीकरण गरिएको छ।

अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट २१ करोड १ लाख ८७ हजार रुपैयाँ बराबरको ६४ हजार ५७९ थान डिजिटल क्यामरा आयात भएको छ।

यसैगरी भारतबाट २८ लाख २८ हजार रुपैयाँ बराबरको ९२४ थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य २५ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन् जसको कारोबार तलको तालिकामा देखाइएको छ:

क्र. सं. देश परिमाण रकम
अस्ट्रेलिया ७४
बंगलादेश ५१३
क्यानडा २०
चीन ६४५७९ २१०१८७
फ्रान्स
जर्मनी ३७६९
हङकङ ११ १०२८
भारत ९२४ २८२८
आयरल्याण्ड २७
१० जापान ३८१ ४६०७०
११ केन्या २४
१२ दक्षिण कोरिया १० ९८५
१३ कुवेत
१४ मलेसिया २३ १५४४
१५ म्यानमार २१
१६ नेदरल्याण्ड्स १२ ११८
१७ फिलिपिन्स ४१
१८ पोल्याण्ड ९३
१९ कतार
२० सिंगापुर १६ ३०२७
२१ ताइवान ५७९ २६०४९
२२ थाइल्याण्ड ६५५ ६३२३२
२३ यूएई ६०
२४ बेलायत ५१ ३९०
२५ अमेरिका २९ १११४४
२६ उज्बेकिस्तान
२७ भियतनाम १२२ ३६९६

 

प्रकाशित: १ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

इलन मस्कले खरिद गरे ग्यास टर्बाइन कम्पनी

  • Technology Khabar
  • १ श्रावण २०८३, शुक्रबार
Desktop Popup ImageMobile Popup Image×