चीनमा स्मार्टफोनको आपूर्ति दोस्रो त्रैमासमा ४.३ प्रतिशतले घट्यो: रिपोर्ट

  • Technology Khabar | ३० असार २०८३, मंगलवार
चीनमा स्मार्टफोनको आपूर्ति दोस्रो त्रैमासमा ४.३ प्रतिशतले घट्यो: रिपोर्ट
सांकेतिक तस्बिर।

काठमाडौं ।

चीनमा स्मार्टफोनको आपूर्ति दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.३ प्रतिशतले घटेर ६६ मिलियन युनिट पुगेको आइडिसीले मंगलबार जनाएको छ। मेमोरी कम्पोनेन्टको लागत बढेका कारण कम्पनीहरुले मूल्य बढाएपछि आपूर्ति घटेको हो।

रोयटर्सका अनुसार कम्पनीको यो लगातार पाचौं त्रैमासिक गिरावट हो। वर्षको पहिलो ६ महिना आपूर्ति पनि अघिल्लो वर्षको तुलनामा ४.२ प्रतिशत कम रहेको छ।

यस अवधिमा ह्वावे टेक्नोलोजीज र एप्पल मात्रै आपूर्ति गर्न सफल बने। हुवाईको आपूर्ति १९.४ प्रतिशत र एप्पलको २४.४ प्रतिशतले बढेको छ।

‘ह्वावे र एप्पलले आफ्ना मूल्य स्थिर राखे प्रतिस्पर्धी कम्पनीहरुले मूल्य बढाइरहेका थिए। किन्ने कि नकिन्ने भन्ने गा्रहकलाई किन्ने प्रेरणा मिल्यो बजारका अधिकांश कम्पनीहरुले भने पर्खिनुपर्ने कारण दिरहेका थिए।’

ह्वावेले बजारमा २२.६ प्रतिशत सेयर हिस्सासहित पहिलो स्थान सुरक्षित गर्यो भने एप्पल १८.१ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रह्यो। साओमी पाचौं स्थानमा रहदा दास्रो त्रैमासमा आपूर्ति २१.७ प्रतिशतले घट्यो । ओप्पोको ९.७ प्रतिशत र भिभोको ११.४ प्रतिशत आपूर्ति घटेको छ।

अधिकांश एन्ड्रोइड कम्पनीहरुले मुल्य बढाए वा कम बजेटका मोडलहरुको उत्पादन घटाए। यसले उपभोत्तालाई नया फोनमा अपग्रेड गर्न निरुत्साहित गरेको आईडिसीले जनाएको छ।

प्रकाशित: ३० असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार