काठमाडौं ।
सामसङले यो महिनाको २२ तारिखमा आफ्नो ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड८ सिरिज र ग्यालेक्सी जेड फ्लिप८ अनावरण गर्ने अपेक्षा गरिएको छ। लन्च अघि, नयाँ लीकले ग्यालेक्सी जेड फ्लिप८ को तौल र मोटाईको बारेमा नयाँ विवरणहरूको खुलासा गरेको छ।
टिपस्टर आइस युनिभर्सका अनुसार ग्यालेक्सी जेड फ्लिप८ को तौल लगभग १८० ग्राम हुनेछ। त्यसैले ग्यालेक्सी जेड फ्लिप८ अब १८८ ग्राम तौल भएको ग्यालेक्सी जेड फ्लिप७ भन्दा ८ ग्राम हल्का हुने जीएसएमएरिनाले गरेको रिपोर्ट छ।
कागजमा यो भिन्नता सानो देखिए पनि घटाइएको तौलले ग्यालेक्सी जेड फ्लिप८ लाई प्रयोग गर्न बढी सहज महसुस गराउन सक्ने उल्लेख गरिएको छ।
टिपस्टरले ग्यालेक्सी जेड फ्लिप८ अनफोल्ड गर्दा ६.१ एमएम मापन हुनेछ भने त्यो आंकडाले भित्री डिस्प्ले वरिपरि रबर बम्परलाई समावेश नगर्ने उल्लेख गरेको छ। बम्पर सहित फोन ६.६ एमएम बाक्लो हुने भनिएको छ।
अघिल्ला लीकहरूले ग्यालेक्सी जेड फ्लिप८ मा सुधारिएको हिञ्ज डिजाइन र कम देखिने डिस्प्ले क्रिज हुने सुझाव दिएका छ। उक्त परिवर्तनहरू बाहेक, डिभाइसले कभर डिस्प्ले, ब्याट्री क्षमता र क्यामरा सेटअप सहित आफ्नो पूर्ववर्तीको धेरैजसो हार्डवेयर कायम राख्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३० असार २०८३, मंगलवार