काठमाडौं ।
गुगलले अगस्ट १२ तारिखमा ‘मेड बाई गुगल’ कार्यक्रममा पिक्सेल ११ लाइनअपको बाँकी भागसँगै पिक्सेल ११ प्रो फोल्ड अनावरण गर्ने अपेक्षा गरिएको छ। लन्च अघि एउटा नयाँ लीकमा फोल्डेबलको नयाँ रङ विकल्पको झलक देखा परेको छ।
मिस्टिक लीक्सको सौजन्यमा पछिल्लो लीकले नयाँ पाइन कलरवेमा पिक्सेल ११ प्रो फोल्डको झलक प्रदान गरेको र उक्त कलरवे हल्का हरियो रङ्ग भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
तस्बिरले फोनको हल्का सुनौलो फ्रेम र पुनः डिजाइन गरिएको रियर क्यामरा मोड्युलको झलक पनि प्रदान गरेको छ। साथै क्यामरा कटआउटहरूमा एलईडी फ्ल्यास र माइक्रोफोन दुवै रहेको देख्न सकिने छ।
त्यसैगरी पहिले लीक भएको रेन्डरहरूले पिक्सेल ११ प्रो फोल्डलाई कालो फिनिशमा प्रदर्शन गरेको थियो।
गुगलको आगामी फोल्डेबल टेन्सर जी६ चिपसेटद्वारा संचालित हुनेछ भने ४,८००एमएएच ब्याट्री प्याक गर्ने हल्ला रहेको छ। यो पिक्सेल १० प्रो फोल्ड भन्दा थोरै पातलो हुने भनिएको छ र समान आकारको डिस्प्लेहरू कायम राख्दै नयाँ प्राथमिक रियर क्यामेराको विशेषता उपलब्ध हुने उल्लेख गरिएको छ।
प्रकाशित: ३० असार २०८३, मंगलवार