सामसङको ग्यालेक्सी एक्सआर हेडसेट बेलायतमा उपलब्ध

  • Technology Khabar | ३० असार २०८३, मंगलवार
सामसङको ग्यालेक्सी एक्सआर हेडसेट बेलायतमा उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङको ग्यालेक्सी एक्सआर हेडसेट सुरुमा कोरिया र अमेरिकामा लन्च गरिएको थियो। ग्यालेक्सी एक्सआर हेडसेट अब बेलायतमा सामसङको अनलाइन स्टोरबाट उपलब्ध हुने भएको छ। यो हेडसेट जुन महिनाको मध्यदेखि त्यहाँ प्रि–अर्डरको लागि उपलब्ध गराइएको छ।

सामसङको ग्यालेक्सी एक्सआर हेडसेटको खुद्रा मूल्य १,६९९ पाउन्ड स्टर्लिङ कायम गरिएको छ। सीमित समयको लागि डिभाइस खरिद गर्दा प्रयोगकर्ताले ६६५ पाउन्ड स्टर्लिङ मूल्यको “एक्सप्लोरर प्याक” पनि प्राप्त गर्नेछन्।

उक्त “एक्सप्लोरर प्याक” मा १२ महिनाको गुगल एआई प्रो, युट्युब प्रिमियम, गुगल प्ले पास, काल्म प्रिमियम र एडोबीको प्रोजेक्ट पल्सरका साथै एनएफएल प्रो ईआरए र एस्टेरोइड इमर्सिभ अनुभव समावेश रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ग्यालेक्सी एक्सआरमा २.५ घण्टासम्मको ब्याट्री लाइफको साथमा स्न्यापड्रागन एक्सआर२प्लस जेन २ चिपसेट र फोरके माइक्रो–ओएलईडी स्क्रिन समावेश गरिएको छ।

ग्यालेक्सी एक्सआर ट्राभल केस र ग्यालेक्सी एक्सआर कन्ट्रोलर्स प्रत्येकको मूल्य २४९ पाउन्ड स्टर्लिङ कायम गरिएको तर आगामी सेप्टेम्बर ३० तारिखसम्म तिनीहरूमा ३० प्रतिशत छुट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

त्यसैगरी अगस्ट ४ तारिखसम्म कुनै पनि ग्यालेक्सी स्मार्टफोनसँग हेडसेट खरिद गर्दा १० प्रतिशत छुट प्राप्त गरिनेछ भने सेप्टेम्बर ३० तारिखसम्म ग्यालेक्सी एक्सआर सँग कुनै पनि ग्यालेक्सी वाच वा बड्स खरिद गर्दा १० प्रतिशत बचत गर्न सकिने छ।

प्रकाशित: ३० असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...