जेठ मसान्तसम्म साढे १८ करोड बराबरको ६ लाख ६८ हजार प्रिन्टेड सर्किट बोर्ड आयात

  • Technology Khabar | २९ असार २०८३, सोमबार
जेठ मसान्तसम्म साढे १८ करोड बराबरको ६ लाख ६८ हजार प्रिन्टेड सर्किट बोर्ड आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको एघारौं महिना २०८३ जेठ मसान्तसम्म साढे १८ करोड रुपैयाँ हाराहारीको प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार १८ करोड ४७ लाख ४२ हजार रुपैयाँ बराबरको प्रिन्टेड सर्किट बोर्ड आयात भएको हो।

उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ६ लाख ६८ हजार ३ सय ३० थान प्रिन्टेड सर्किट बोर्ड आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले ४ करोड ४४ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित नाम नखुलेको एक स्थानसहित विश्वका जम्मा ३५ मुलुकबाट प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी चीनबाट ८ करोड ३५ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ५२ हजार ८८३ थान प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।

यसैगरी भारतबाट ७ करोड २० लाख २५ हजार बराबरको १ लाख १३ हजार ९८७ सिंगापुरबाट ११ लाख ११ हजार बराबरको १९ थान, मलेसियाबाट १६ लाख १३ हजार बराबरको १४ थान, दक्षिण कोरियाबाट ३ लाख ९५ हजार बराबरको २५६ थान, ईटलीबाट १४ लाख ११ हजार बराबरको ४३३ थान तथा अमेरिकाबाट ९१ लाख ४६ हजार बराबरको २८ थान प्रिन्टेड सर्किट बोर्ड आयात भएको छ।

यसैगरी पोर्चुगलबाट ३४ लाख ८७ हजार बराबरको ३३२ थान, ताइवानबाट ३ लाख २२ हजार बराबरको १६ थान, फिलिपिन्सबाट १ लाख ८३ हजार बराबरको ३४ थान,  उज्बेकिस्तान बाट ६ हजार बराबरकव २९ थान, नर्वेबाट मूल्य नतोकिएको १ सय थान तथा हंगेरीबाट ६ लाख ६८ हजार ब।ाबराबरको २३ थान प्रिन्टेड सर्किट बोर्ड आएको छ।

यस्तै हङकङबाट १५ हजार बराबरको ३६ थान, जर्मनीबाट ६६ लाख २ हजार बराबरको २३ थान, फ्रान्सबाट ७ लाख ९४ हजार बराबरको १७ थान, जापानबाट २१ लाख ४५ हजार बराबरको ३४ थान तथा अन्य १६ मुलुकबाट शून्यदेखि २ लाख ८ हजारसम्मका १ देखि ५ थान  प्रिन्टेड सर्किट बोर्ड आयात भएको प्रतिवेदनले देखाएको छ।

प्रिन्टेड सर्किट बोर्ड अर्थात् पीसीबी के हो?

प्रिन्टेड सर्किट बोर्ड भनेको इलेक्ट्रोनिक उपकरणभित्र रहेका विभिन्न इलेक्ट्रोनिक कम्पोनेन्टहरूलाई जोड्ने र सञ्चालन गराउने बोर्ड हो। यसलाई सामान्यतया पीसीबी भनिन्छ।

पीसीबीमा तामाका पातला मार्गहरू छापिएका हुन्छन्, जसले विद्युत् संकेत र विद्युत् प्रवाहलाई विभिन्न कम्पोनेन्टहरूबीच पुर्‍याउँछन्। यसमा रेसिस्टर, क्यापासिटर, चिप, प्रोसेसर, ट्रान्जिस्टर लगायतका कम्पोनेन्टहरू जडान गरिन्छन्।

उदाहरणका लागि, तपाईंको मोबाइल फोन, कम्प्युटर, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, कार र अन्य धेरै इलेक्ट्रोनिक उपकरणभित्र एउटा वा धेरै पीसीबी हुन्छन्।

पीसीबीका मुख्य कामहरू:

  • इलेक्ट्रोनिक कम्पोनेन्टलाई मजबुत रूपमा अड्याउने।
  • कम्पोनेन्टहरूबीच विद्युत् सम्पर्क गराउने।
  • उपकरणलाई व्यवस्थित, सानो र भरपर्दो बनाउने।
  • तार पीसीबी को प्रयोग कम गरी उत्पादनलाई सरल र किफायती बनाउने।

प्रकाशित: २९ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...