दक्षिण कोरियामा सामसङ ग्यालेक्सी जेड फोल्ड८, जेड फ्लिप८ फोल्डेबलको मूल्यको खुलासा

  • Technology Khabar | २४ असार २०८३, बुधबार
दक्षिण कोरियामा सामसङ ग्यालेक्सी जेड फोल्ड८, जेड फ्लिप८ फोल्डेबलको मूल्यको खुलासा
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

गत हप्ता सामसङको आगामी ग्यालेक्सी जेड फोल्डेबलको युरोपेली मूल्य निर्धारण अनलाइनमा देखा परेको थियो। अब भने दक्षिण कोरियाको एक नयाँ रिपोर्टले कम्पनीको घरेलु बजारमा ग्यालेक्सी जेड फोल्ड८, जेड फोल्ड८ अल्ट्रा र जेड फ्लिप८ को अपेक्षित मूल्यहरू खुलासा गरेको छ।

रिपोर्ट अनुसार सामसङको आगामी ग्यालेक्सी जेड फोल्डेबलको मूल्य तिनीहरूका पूर्ववर्तीहरू भन्दा २००,००० दक्षिण कोरियाली वनले बढी हुनेछ।

दक्षिण कोरियामा ग्यालेक्सी जेड फोल्ड८ को मूल्य लगभग २,२७८,००० दक्षिण कोरियाली वन (१,४९९ अमेरिकी डलर) बाट सुरु हुने अनुमान गरिएको छ भने ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको मूल्य २,५७७,००० दक्षिण कोरियाली वन (१,६८५ अमेरिकी डलर) बाट सुरु हुने अनुमान गरिएको छ।

त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप८ को मूल्य लगभग १,६८३,००० दक्षिण कोरियाली वन (१,०९९ अमेरिकी डलर) बाट सुरु हुने भनिएको छ। यी मूल्यहरू डिभाइसहरूको २५६जीबी बेस भेरियन्टको लागि भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सामसङले यो महिनाको उत्तरार्धमा दक्षिण कोरियामा नयाँ फोल्डेबलहरूको लागि प्रि–अर्डर खोल्नेछ भने प्रि–अर्डर विन्डो अगस्ट ४ सम्म चल्ने रिपोर्टले दाबी गरेको छ। प्रि–अर्डर ग्राहकहरूको लागि डेलिभरी अगस्ट ४ मा सुरु हुने भनिएको छ भने खुला बिक्री अगस्ट ७ मा सुरु हुन सक्नेछ।

सामसङले यो महिनाको २२ तारिखमा लन्डन, बेलायतमा आफ्नो ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड८ (वाइड), ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ को घोषणा गर्ने बताइएको छ।

प्रकाशित: २४ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...