मेटाले विकास गर्यो मस्तिष्क संकेतहरूलाई टेक्स्टमा परिणत गर्ने प्रविधि

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
मेटाले विकास गर्यो मस्तिष्क संकेतहरूलाई टेक्स्टमा परिणत गर्ने प्रविधि
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

मेटाले मस्तिष्क संकेतहरू पढ्न सक्ने भएको छ। कम्पनीको नयाँ ब्रेन२क्वर्टी भी२ प्रणालीले शल्यक्रिया हस्तक्षेप बिना मस्तिष्क गतिविधिलाई टेक्स्टमा रूपान्तरण गर्दछ।

यो मोडेलले व्यक्तिले लेख्दा नन्–इन्भेजिभ (गैर–आक्रामक) मस्तिष्क रेकर्डिङहरूको अध्ययन गर्दछ र त्यसपछि यी संकेतहरू पछाडि लुकेका शब्दहरूको अनुमान गर्ने प्रयास गर्दछ।

मेटाले प्रणालीले सबै सहभागीहरूमा औसत ६१ प्रतिशत शब्दहरूको शुद्धता हासिल गरेको बताएको छ भने त्यसको उत्कृष्ट परिणाम ७८ प्रतिशत पुगेको बताइएको छ।

यो अझै पनि एक अनुसन्धान परियोजना भएको र दीर्घकालीन लक्ष्य ठूलो रहेको उल्लेख गरिएको छ।

यो प्रविधिले कुनै दिन बोल्न नसक्ने मानिसहरूलाई फेरि कुराकानी गर्न मद्दत गर्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार