आईफोन १८ प्रो र प्रो म्याक्समा दुई मोडेम हुने

  • Technology Khabar | १९ असार २०८३, शुक्रबार
आईफोन १८ प्रो र प्रो म्याक्समा दुई मोडेम हुने
आईफोन १८ प्रो म्याक्सको डार्क चेरी क्लाउड, नीलो र कालो रङको फ्रेमहरु। फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा दुई भिन्न मोडेम प्रयोग गरिने भएको छ। यो नयाँ खुलासाहरू एप्पल आपूर्तिकर्ता टाटाबाट साइबर आक्रमणमा चोरी गरिएका लीक भएका योजना र कागजातहरूबाट आएको हो।

क्वालकम मोडेमले एमएमवेभ ५जी लाई समर्थन गरे तापनि एप्पलको स्व–विकसित मोडेमहरूले अझै समर्थन नगर्ने भएकाले कम्पनीले अमेरिकामा क्वालकम मोडेमको प्रयोगलाई कायम राख्ने भएको छ।

तर, अन्यत्र बिक्री गरिने आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स मोडेलहरूले एप्पलको आफ्नै सी२ मोडेम प्रयोग गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

हाल आईफोन १७ई र आईफोन एयरले एप्पल मोडेम प्रयोग गर्दछ भने आईफोन १७, आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सले क्वालकम मोडेम प्रयोग गर्दछ।

एप्पलले चीनमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा ईसिमको लागि समर्थन थप्न सक्ने सम्भावन रहेको छ। हाल चीनमा बिक्री गरिने आईफोनहरूमा दुईओटा भौतिक सिम कार्ड स्लटहरू भएको तर कुनै ईसिम समर्थन उपलब्ध छैन।

सोही कागजातहरूले आईफोन १८ प्रोले आईफोन १७ प्रोको ०×९०३ को तुलनामा ०×९०५ को सेन्सर आईडी सहितको नयाँ क्यामरा समावेश गर्ने खुलासा पनि गरेको छ।

साथै यसले आईफोन १८ प्रो (र आईफोन १८ प्रो म्याक्स) ले नयाँ कस्टम विकसित सोनी आईएमएक्स९०५ सेन्सर प्रयोग गर्ने संकेत गर्दछ। हालको यो जानकारी यो वर्षको प्रो मोडेलहरूले परिवर्तनशील एपर्चर भएको मुख्य क्यामरा पाउने दाबी गर्ने विगतका अफवाहहरूसँग मेल खाने उल्लेख गरिएको छ।

प्रकाशित: १९ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...