एप्पलले स्मार्ट रिङमा काम गर्न थालेको संकेत

  • Technology Khabar | १४ असार २०८३, आईतवार
एप्पलले स्मार्ट रिङमा काम गर्न थालेको संकेत
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एक टिपस्टरले एक्समार्फत एप्पलले स्मार्ट रिङ विकास गर्न थालेको खुलासा गरेको छ। कम्पनीको स्मार्ट रिङलाई आईरिङ भनिने अनुमान गरिएको भए तापनि एप्पलले एप्पल रिङ वा अरू केही फरक नाम चयन गर्न सक्ने उल्लेख गरिएको छ।

एप्पलको स्मार्ट रिङको बारेमा अहिले अन्य कुनै विवरण थाहा नभएको तर यो परियोजना पहिले नै विकासमा रहेको बताइएको छ। हालै, एप्पलले स्मार्ट ग्लासेस, पेन्डेन्ट र एआईको लागि क्यामरा सहितको एयरपड्स प्रोमा काम गरिरहेको हल्ला पनि गरिएको छ। त्यसैले कम्पनीले आफ्नो स्मार्ट वेयरेबलहरू विस्तार गर्न स्पष्ट रूपमा रुचि राखेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

स्मार्ट रिङको साथ एप्पलले बजारमा प्रवेश गर्दै कम्पनीले सामसङको ग्यालेक्सी रिङ, ओउरा रिङ ५ र अल्ट्राह्युमनको रिङ एयरसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार