सामसङ ग्यालेक्सी जेड फोल्ड८, फोल्ड८ अल्ट्रा र फ्लिप८ को अनावरण मिति तय

  • Technology Khabar | १४ असार २०८३, आईतवार
सामसङ ग्यालेक्सी जेड फोल्ड८, फोल्ड८ अल्ट्रा र फ्लिप८ को अनावरण मिति तय
सामसङ ग्यालेक्सी जेड फोल्ड८ (चौडा) र ग्यालेक्सी जेड फोल्ड८ अल्ट्राको डमी युनिटहरू। फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङ ग्यालेक्सी जेड फोल्ड८ (वाइड), ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ आगामी महिना लन्डनमा एक कार्यक्रममा अनावरण गरिने हल्ला चलिरहेको छ। यी फोनहरूको अनावरण वा बिक्री मितिको बारेमा सामसङबाट अहिलेसम्म कुनै जानकारी आएको छैन।

सामसङले वास्तवमा नै आगामी महिना यी फोल्डेबलहरू अनावरण गरेको खण्डमा भने ती डिभाइसहरूको बिक्री अगस्टको सुरुमा सुरु हुन सक्छ। यदि लाटभियन ई–कमर्स प्लेटफर्म प्राइसबीलाई विश्वास गर्ने हो भने ग्यालेक्सी जेड फोल्ड८ कम्तिमा युरोपमा अगस्ट ५ देखि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ग्यालेक्सी जेड फोल्ड८ सँगसँगै ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा र ग्यालेक्सी जेड फ्लिप८ पनि अगस्ट ५ मा बिक्रीमा आउन सक्ने बताइएको छ। सामसङले आगामी महिनाको २२ तारिखमा फोल्डेबलहरूसँगै नयाँ ग्यालेक्सी वाचहरू पनि अनावरण गर्ने अपेक्षा गरिएको छ। त्यसैले अगस्ट ५ देखि ग्यालेक्सी वाचहरू पनि बिक्रीमा रहेको देख्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित: १४ असार २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...