एआईबाट चल्ने ‘सिन्ह्वा युडियन’ को औपचारिक सुरुवात

  • Technology Khabar | १२ असार २०८३, शुक्रबार
एआईबाट चल्ने ‘सिन्ह्वा युडियन’ को औपचारिक सुरुवात
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले शुक्रबार बेइजिङमा ‘सिन्ह्वा युडियन’ नाम दिइएको एआईबाट चल्ने ‘न्युजबोट’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

यो ‘न्युजबोट’ ले सिन्ह्वाको आफ्नै स्वामित्वको तथ्याङ्क र अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च विश्वसनीय एआईबाट सञ्चालित सामग्री उपलब्ध गराउनेछ । यसले प्रयोगकर्ताहरूलाई अध्ययन, अनुसन्धान र लेखन कार्यमा सहयोग पुर्याउने बताइएको छ।

यो परियोजना कृत्रिम बौद्धिकताको युगलाई अँगाल्ने सिन्ह्वाको सक्रिय प्रयास हो,” न्यूजबोटको औपचारिक सार्वजनिक गर्ने कार्यक्रममा सिन्ह्वाका अध्यक्ष फु हुआले भने।

“सिन्ह्वा युडियन’ केवल एक ज्ञान बाँड्ने उपकरण मात्र होइन, यो एउटा यस्तो प्लेटफर्म पनि हो जसलाई सिन्ह्वाले प्रयोगकर्ताहरूसँग मिलेर निरन्तर नमूना प्रशिक्षण र अनुकूलन मार्फत विकास गर्न चाहन्छ । यसमा राजनीतिक सिद्धान्त, मुख्यधाराको मूल्य, उन्नत संस्कृति र आधिकारिक जानकारीमा विशेष जोड दिइएको छ,” अध्यक्ष फुले भने।

यो न्युजबोटमा एआई च्याट, सदस्यता तथा सूचनाहरू, ज्ञान कार्यस्थल र एआई सहायक क्षेत्रजस्ता चार मुख्य कार्यात्मक इकाईहरू छन् । यसले सिद्धान्त अध्ययन, स्रोत सङ्कलन, समाचार सिफारिस गर्ने, समाचारबारे प्रश्नोत्तर, सूचना प्रमाणीकरण, मुद्दा विश्लेषण र लेख तयार पार्ने गरी प्रमुख सात कार्यहरू गर्ने बताइएको छ। रासस/सिन्ह्वा

प्रकाशित: १२ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...