काठमाडौं ।
सामसङले ग्यालेक्सी ए२७ ५जी प्रस्तुत गरेको छ। ग्यालेक्सी ए२६ को तुलामा नयाँ ग्यालेक्सी ए२७ ५जीमा केही सामान्य अपडेट र मुख्यतया भित्री भागमा थोरै पर्फर्मेन्स बुस्ट (वृद्धि) को साथ डिजाइनमा केन्द्रित संस्करण भएको बताइएको छ।
ग्यालेक्सी ए२७ प्राविधिक रूपमा आफ्नो पूर्ववर्तीसँग समान रहेको र डिभाइसमा १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ इन्च सुपर एएमओएलईडी समावेश गरिएको छ। सेल्फी क्यामरा एकीकृत गरिएको तरिका नै दुई संस्करण बीचको भिन्नता मुख्य भएको बताइएको छ। ग्यालेक्सी ए२७ ले ग्यालेक्सी ए२६ मा रहेको टियरड्रप नोचलाई सफा पञ्च होलले प्रतिस्थापन गरेको छ। सामसङले त्यसलाई इन्फिनिक्सी–ओ डिस्प्ले भनेर वर्णन गरेको छ र स्क्रिन वरिपरिको किनारा पनि पातलो बनाएको छ।
अर्को ठूलो भिन्नता भनेको चिपसेट रहेको छ। ग्यालेक्सी ए२७ मा रहेको ४एनएम स्न्यापड्रागन ६ जेन ३ ले ग्यालेक्सी ए२६ को ५एनएम एक्सिनोस १३८० भन्दा थोरै (१०–२० प्रतिर्शत) गति वृद्धि प्रदान गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अन्य बाँकी स्पेक्सहरू धेरै समान रहेका छन्। डिभाइसमा २५वाट चार्जिङको साथ उही ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ। ग्यालेक्सी ए२७ ५जीमा ओआईएस सहितको ५० मेगापिक्सेलको वाइड–एङ्गल, ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलका म्याक्रो क्यामरा समावेश गरिएको छ। डिभाइसको अगाडि १२ मेगापिक्सेल सेल्फी क्यामरा रहेको छ। फोनलाई स्प्ल्याश सुरक्षाको लागि आईपी६४ मूल्याङ्कन गरिएको छ भने ग्यालेक्सी ए२६ मा आईपी६७ मूल्याङ्कन रहेको छ।
सामसङले ६ ओटा एन्ड्रोइड ओएस अपडेटहरू र ६ वर्षसम्म सुरक्षा अपडेटहरूको वाचा गरेको छ। ग्यालेक्सी ए२७ आगामी महिना देखि कालो, नीलो, हल्का हरियो र हल्का गुलाबी रङ्गहरूमा उपलब्ध हुनेछ। डिभाइस ६/१२८जीबी, ८/१२८जीबी र ८/२५६जीबीको विकल्पमा आउनेछ।
प्रकाशित: १२ असार २०८३, शुक्रबार