काठमाडौं ।
आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले १६ जना यातायात व्यवसायी भारत प्रस्थान गरेका छन्।
सार्वजनिक सवारीसाधनलाई वातावरणमैत्री बनाउने सरकारी योजनालाई साथ दिन र सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले उनीहरू मङ्गलबार भारतको चेन्नइ प्रस्थान गरेका हुन्।
भ्रमण दलले चेन्नइस्थित विद्युतीय सवारीसाधन निर्माता कम्पनी ‘स्वीच मोबिलिटी’द्वारा उत्पादित १२ मिटर लामो इलेक्ट्रिक बसको प्रत्यक्ष अवलोकन तथा प्राविधिक अनुसन्धान गर्ने भ्रमण दलका सदस्य सुनिल कुँवरले जानकारी दिए।
पूर्व यातायात व्यवस्थापन प्रालिका अध्यक्ष सुनिल कुँवरले भ्रमणबाट प्राप्त हुने प्राविधिक जानकारी र अनुभवले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने बताए।
“हाम्रो मुख्य उद्देश्य नेपालमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको विकल्पमा वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने सम्भावनाको खोजी गर्नु हो”, उनले भने।-रासस
प्रकाशित: १० असार २०८३, बुधबार