ताजा समाचार

अनर एक्स८० प्रो म्याक्स ब्रान्डको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीको साथ सार्वजनिक

अनर एक्स८० प्रो म्याक्स ब्रान्डको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीको साथ सार्वजनिक
फोटो सौजन्यः जीएसएमएरिना
Global IME Bank

धेरै लीकहरु पछि अनर एक्स८० प्रो म्याक्स अब अन्ततः चीनमा आधिकारिक रुपमा लन्च गरिएको छ। फोनको मुख्य विशेषता भनेको ११,००० एमएएच क्षमताको ब्याट्री हो र यो ब्याट्री क्षमता हामीले अहिलेसम्म  स्मार्टफोनमा देखेको सबैभन्दा ठूलो हो। यो ब्याट्री ९०वाटमा चार्ज हुन्छ र २७वाटमा रिभर्स वायर्ड चार्जिङलाई पनि समर्थन गर्दछ।

फोनमा १२० हर्ज रिफ्रेस रेट र १०,०००–निट पीक ब्राइटनेस सहितको ६.८ इन्चको १२८०×२७८८ एलटीपीएस एएमओएलईडी स्क्रिन छ। फोनमा ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गरिएको छ।

फोनमा स्न्यापड्रागन ६ जेन ५ एसओसी, ८/१२जीबी र्याम र १२८/२५६/५१२जीबी स्टोरेज समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अनर एक्स८० प्रो म्याक्सले म्याजिकओएस १० माथि एन्ड्रोइड १६ मा चलाउँछ। फोनमा अन्डर–डिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानरका साथै धुलो र पानी प्रतिरोधको लागि आईपी६८ र आईपी६९के रेटिङहरू पनि छन्।

अनर एक्स८० प्रो म्याक्स कालो, सुन्तला, रातो र “मून श्याडो” रङहरूमा उपलब्ध हुनेछ। अनर एक्स८० प्रो म्याक्सको बेस ८÷१२८जीबी मोडेलको मूल्य १,९९९ चिनियाँ युआन (२९५ अमेरिकी डलर) कायम गरिएको भए तापनि अहिले डिभाइसलाई १,६९९ चिनियाँ युआन (२५० अमेरिकी डलर) मा उपलब्ध गराइएको छ।

Sajilo Visa
easy care