एप्पलको स्मार्ट ग्लासेसको सम्भावित लन्च मिति सार्वजनिक

  • Technology Khabar | ९ असार २०८३, मंगलवार
एप्पलको स्मार्ट ग्लासेसको सम्भावित लन्च मिति सार्वजनिक
फोटो सौजन्यः टेलीग्राफ

काठमाडौं ।

एप्पलको स्मार्ट ग्लासेसको लन्च हुन सक्ने मिति खुलासा भएको छ। एप्पलले काम गरिरहेको स्मार्ट ग्लासेसले रे–ब्यानको मेटा स्मार्ट ग्लासेस र नयाँ गुगल र सामसङ ग्लासेससँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

एप्पलले सुरुमा यो वर्षको उत्तरार्धमा आफ्नो स्मार्ट ग्लासेस लन्च गर्ने योजना बनाएको थियो। तर जटिलता र ढिलो सुरुवातले लन्चको समयसीमा पछाडि धकेलिएको टेलीग्राफले रिपोर्ट गरेको छ।

एक उद्योग विशेषज्ञ मार्क गर्मनले एप्पल भित्रका स्रोतहरूले कम्पनीको स्मार्ट ग्लासेस २०२७ को उत्तरार्धमा जारी गरिने दाबी गरेको खुलासा गरेका छन्।

यसको अर्थ स्मार्ट ग्लासेसहरू आईफोनको २० औं वार्षिकोत्सव पछि जारी गरिनेछ। आईफोनको २० औं वार्षिकोत्सवमा आईफोन १९ छोडेर अब क्रान्तिकारी आईफोन २० प्रो र अर्को फोल्डेबल आईफोन आउनेछ।

एप्पलका निवर्तमान सीईओ टिम कुक, रे–बानसँग प्रतिस्पर्धा गर्न बजारमा स्मार्ट ग्लासेस ल्याउने कुरामा उत्साहित भएको बताइएको छ।

अन्य कम्पनीहरू जस्तै एप्पल पनि स्मार्ट ग्लासेस स्मार्टफोनको भविष्य हुन सक्छ भन्ने विश्वासमा रहेको बताइएको छ।

प्रकाशित: ९ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...