एफटीटीएच स्तरोन्नतिका लागि वीरगन्जका यी क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुन सक्ने

  • Technology Khabar | ८ असार २०८३, सोमबार
एफटीटीएच स्तरोन्नतिका लागि वीरगन्जका यी क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं ।

नेपाल टेलिकमले दूरसञ्चार कार्यालय वीरगन्जअन्तर्गतका विभिन्न क्षेत्रमा एफटीटीएच प्रणाली स्तरोन्नति गर्ने कार्यका कारण इन्टरनेट, टेलिफोन तथा एनटीटीभी सेवा केही समयका लागि अवरुद्ध हुन सक्ने जनाएको छ।

टेलिकमले आज एक सूचना प्रकाशित गरी यसबारे सम्बद्ध सबैलाई जानकारी गराएको हो।

टेलिकमका अनुसार असार ८ गते सोमबार अर्थात् आज राति १० बजेदेखि आदर्शनगर गणेशमान चोक, मालपोत अफिस, त्रीजुद्ध स्कुल लगायत आदर्शनगरका अशोक बाटिका, ठाकुरराम क्याम्पस, शिक्षा अफिस लगायतका क्षेत्रहरुमा सेवा प्रभावित हुन सक्नेछ।

असार ९ गते मंगलबार राति १० बजेदेखि लिंक रोड, प्रभु अस्पताल, आशाराम अस्पताल, नवदीप एकेडेमी, नगवा पोखरी आसपास, भानु चोक तथा ब्रहमा चोक आसपास, राम टोल तथा बाईपास रोड लगायतका क्षेत्रहरुमा सेवा अवरुद्ध हुन सक्ने कम्पनीले जनाएको छ।

यस्तै असार १० गते बुधबार राति १० बजेदेखि प्रसूति गृह, नारायणी अस्पताल, ग्लोबल बैंक आसपास तथा बिर्ता माई मन्दिर र हनुमान मन्दिर क्षेत्र आसपासमा सेवा प्रभावित हुन सक्नेछ।

असार ११ गते बिहीबार राति १० बजेदेखि प्रतिमा चोक, मुरली चोक, कृषि औजार कारखाना आसपास, तेजारथ टोल, मुरली बगैंचा, पावर हाउस चोक, गण्डक आसपास, नेशनल ट्रेडिङ तथा नेपाल टेलिकम प्रादेशिक कार्यालय आसपास का क्षेत्रहरुमा सेवा अवरुद्ध हुन सक्ने जनाइएको छ।

त्यसैगरी असार १३ गते शनिबार बिहान ५ बजेदेखि माइस्थान आसपास, महाबीर गल्ली क्षेत्र, नेपाल टेलिकम घण्टाघर तथा रेडक्रस आसपासका क्षेत्रहरु, श्रीपुर, रानीघाट, रामगढवा लगायत आसपासका क्षेत्रहरुमा सेवा प्रभावित हुन सक्नेछ।

प्रकाशित: ८ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×