काठमाडौं ।
गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी,पारदर्शी, तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तरगत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताए।
गृह मन्त्रालयका अनुसार गुनासो,उजुरी तथा सुझावहरु टोल फ्रि नम्बर १११२, इमेलमा [email protected] र ह्वाट्सएप नम्बर ९८५१३६०६०३ मा गर्न सकिने जनाएको छ। रासस
प्रकाशित: ६ असार २०८३, शनिबार