पूर्वाधार विकास मन्त्रालयले ल्यायो हेलो पूर्वाधार सेवा, मन्त्रालयका सेवा सम्बन्धी गुनासो र सुझाव अब सिधै टिपाउन सकिने

  • Technology Khabar | ५ असार २०८३, शुक्रबार
पूर्वाधार विकास मन्त्रालयले ल्यायो हेलो पूर्वाधार सेवा, मन्त्रालयका सेवा सम्बन्धी गुनासो र सुझाव अब सिधै टिपाउन सकिने

काठमाडौं ।

पूर्वाधार विकास मन्त्रालयले नागरिकका गुनासाे, सुझाव तथा सार्वजनिक सरोकारका विषयहरू सहज रूपमा संकलन गर्न ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले प्रदान गर्ने सेवा तथा पूर्वाधार विकाससँग सम्बन्धित विषयमा नागरिकले आफ्ना गुनासाे, सुझाव वा प्रतिक्रिया टोल–फ्री फोन, सामाजिक सञ्जाल तथा इमेलमार्फत पठाउन सक्ने व्यवस्था गरिएको जनाएको छ।

सेवा अन्तर्गत निःशुल्क फोन नम्बर ११७० मा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, व्हाट्सएप तथा भाइबरका लागि ९८५१४३१०६० नम्बर उपलब्ध गराइएको छ। नागरिकले [email protected] मा इमेल पठाएर पनि आफ्ना धारणा तथा गुनासाे राख्न सक्नेछन्।

मन्त्रालयका अनुसार नागरिकबाट प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले ‘हेलो पूर्वाधार’ सेवा सुरु गरिएको हो।

मन्त्रालयले नागरिकलाई सेवा सम्बन्धी कुनै समस्या, जिज्ञासा वा सुझाव भए उपलब्ध माध्यममार्फत जानकारी गराउन आग्रह गरेको छ। “तपाईंको गुनासो, हाम्रो चासो” भन्ने नारासहित सञ्चालनमा आएको यस सेवाले मन्त्रालय र सेवाग्राहीबीचको सम्पर्कलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ५ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार