

काठमाडौं ।
टेस्ला साइबरक्याबको बृहत उत्पादन अझै सम्म पनि सुरु भएको छैन। तर ब्याट्री, पावरट्रेन, र थप कुराहरूको बारेमा नयाँ विवरणहरू अब सार्वजनिक रूपमा देखा परेका छन्।
इन्भाइरन्मेन्टल प्रोटेक्सन एजेन्सीको आवेदनमार्फत टेस्लाको सानो कूपको बारेमा थप विवरणहरू बाहिरिएका छन्।
साइबरक्याबमा २१९ हर्सपावर, सिङ्गल विद्युतीय मोटर, १,४१२ किलोग्राम तौल, ४८.० किलोवाट–आवर लिथियम–आयन ब्याट्री रहेको उल्लेख गरिएको छ।
कुनै पनि अघिल्ला टेस्ला भेहिकलको विपरीत साइबरक्याब सिङ्गल मोटर भएको विद्युतीय गाडी हो भने उक्त सिङ्गल मोटरले अधिकतम दक्षताको लागि प्रशस्त विकल्पहरू सहित अगाडिको पाङ्ग्राहरूलाई मात्र शक्ति दिने बताइएको छ।
साइबरक्याबको तौल लगभग १,४१२ किलोग्राम रहेको हुनाले यो सडकमा सबैभन्दा हल्का तौल भएको विद्युतीय सवारी साधनहरू मध्ये एक हुने टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ असार २०८३, शुक्रबार