आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयर लगायत खरिद गरिने

  • Technology Khabar | ३ असार २०८३, बुधबार
आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयर लगायत खरिद गरिने

काठमाडौं ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व -ऋक्च्) अन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु.५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरु उपलब्ध गराइनेछ ।

आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयहरुमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरुको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको जनाएको छ।

प्रकाशित: ३ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार