
काठमाडौं ।
गत हप्ता भिभोले आफ्नो आगामी फोल्डेबल भिभो एक्स फोल्ड६ मिडियाटेक डाइमेन्सिटी ९५०० सुपर एडिशन चिपसेटबाट सञ्चालित हुने पुष्टि गरेको थियो। कम्पनीले अब डिभाइसको क्यामरा र डिस्प्लेहरूको प्रमुख विवरणहरूको बारेमा खुलासा गरेको छ।
कम्पनीले एक्स फोल्ड६ को बारेमा नयाँ विवरणहरूको खुलासा गरेको छ। फोल्डेबलमा सामसङको एम१४ लुमिनस म्याटेरियल प्रयोग गरेर निर्मित ८.०२–इन्च भित्री डिस्प्ले हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
भिभोका अनुसार प्यानलले १–निट अल्ट्रा–लो ब्राइटनेस मोडलाई समर्थन गर्दै ५,००० निट्सको अधिकतम ब्राइटनेस पुग्न सक्नेछ। साथै डिभाइसको प्यानलले टीयूभी राइनल्याण्ड ग्लोबल आई प्रोटेक्शन ३.० प्रमाणीकरण पनि प्राप्त गरेको छ।
क्यामराहरू तर्फ, भिभो एक्स फोल्ड६ मा २०० मेगापिक्सेलको प्राथमिक रियर क्यामरा फिचर हुने पुष्टि भएको छ र यो एक्स फोल्ड५ मा ५० मेगापिक्सेलको मुख्य सेन्सर भन्दा ठूलो अपग्रेड भएको बताइएको छ। क्यामराले सामसङको १/१.४–इन्च एचपीबी सेन्सर प्रयोग गर्नेछ भने एफ/१.६८ एपर्चर रहेको र सीआईपीए ४.५–लेभलको ईमेज स्थिरीकरणलाई समर्थन गर्नेछ।
फोल्डेबलमा सोनीको एलवाईटी–६०२ सेन्सरद्वारा संचालित जइस एपीओ–प्रमाणित पेरिस्कोप टेलिफोटो क्यामरा पनि समावेश गरिनेछ भने त्यसले सीआईपीए ४.५– लेभलको ईमेज स्थिरीकरणलाई समर्थन गर्नेछ। साथै भिभोले एक्स फोल्ड६ बाट खिचिएका क्यामरा नमूनाहरूको तस्बिरहरु पनि साझा गरेको छ।
त्यसैगरी एक्स फोल्ड६ भिभो जाइस २००एमएम टेलिकन्भर्टर जी२ सँग उपयुक्त हुनेछ भने यो भिभो एक्स३०० अल्ट्रा सँगसँगै डेब्यु गरिएको थियो। क्यामरा प्रणाली भिभो को भी३प्लस इमेजिङ चिपद्वारा संचालित हुनेछ र एआई–संचालित फोटोग्राफी सुविधाहरूको दायरा प्रदान गर्नेछ।
भिभो एक्स फोल्ड६ यो महिनाको उत्तरार्धमा चीनमा डेब्यु हुने अपेक्षा गरिएको छ। यो नयाँ ‘ब्लू होल’ रङ्ग विकल्पमा उपलब्ध हुनेछ। साथै त्यही भेरियन्ट हालै देखा परेको उल्लेख गरिएको छ।
यो फोल्डेबल फोनमा धेरै नयाँ मल्टि–टास्किङ र एआई सुविधाहरू सहित ओरिजिनओएस ६ फोल्ड चलाउने पुष्टि भएको छ। यो डिभाइस ६,९००एमएएच ब्याट्रीको साथ आउने सम्भावना रहेको छ।
प्रकाशित: २ असार २०८३, मंगलवार