
काठमाडौं ।
गत नोभेम्बरमा युट्युबले प्रयोगकर्ताहरूलाई आफ्नो मोबाइल एप भित्र अरूसँग कुराकानी गर्न अनुमति दिने सुविधाको प्रयोगको परिक्षण सुरु गरेको थियो। साथै यो सुविधा आयरल्याण्ड र पोल्याण्डमा मात्र उपलब्ध गराइएको थियो। यो सुविधा मार्चमा केही युरोपेली देशहरूमा रोल आउट गरिएको थियो भने अब यो अमेरिका, बेलायत, ब्राजिल र सिंगापुर सहित धेरै विश्वव्यापी बजारहरूमा विस्तार हुँदैछ।
इन–एप म्यासेजिङको अतिरिक्त यो सुविधाले युट्युब प्रयोगकर्ताहरूलाई भिडियोहरू (लङ–फर्म, सर्टस् र लाइभ स्ट्रिमहरू) सेयर गर्न दिनेछ। इन–एप भिडियो सेयरिङ र म्यासेजिङ सुविधा प्रयोग गर्न प्रयोगकर्ता कम्तिमा १८ वर्षको हुनुपर्नेछ, युट्युब च्यानलमा साइन इन गरिएको हुनुपर्नेछ र प्रयोगकर्ताको डिभाइसमा युट्युब एपको नवीनतम संस्करण इन्स्टल गरिएको हुनुपर्नेछ। यो सुविधाले एन्ड्रोइड डिभाइसहरूका साथै आईफोन र आईप्याडलाई समर्थन गर्नेछ।
म्यासेजिङ सुविधाले युट्युब प्रयोगकर्ताहरूलाई म्यासेजमा लङ–प्रेसिङ गरेर “अनसेन्ड” ट्याप गरेर सन्देश अनसेन्ड गर्न अनुमति दिनेछ। त्यसैगरी, प्रयोगकर्ताले कुराकानी (केवल आफ्नो छेउबाट) मेटाउन र प्रयोगकर्तालाई ब्लक गर्न सक्ने सुविधा पनि प्राप्त गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २९ जेष्ठ २०८३, शुक्रबार