दश महिनामा ३३ करोड बराबरको डिजिटल क्यामरा आयात, ६ करोड राजस्व संकलन

  • Technology Khabar | २५ जेष्ठ २०८३, सोमबार
दश महिनामा ३३ करोड बराबरको डिजिटल क्यामरा आयात, ६ करोड राजस्व संकलन
एआईमा्र्फत् बनाइएङ्को सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा ३३ करोड बढीको पौने ५७ हजारभन्दा बढी थान डिजिटल क्यामरा आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ वैशाख मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा डिजिटल क्यामरा आयात अन्य महिनाहरुमा झैँ उल्लेख्य वृद्धि हुँदै गइरहेको पाइएको हो।

२०८३ वैशाख मसान्तसम्म समग्रमा ३३ करोड ७ लाख ३५ हजार रुपैयाँ बराबरको डिजिटल क्यामरा आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ५७ लाख ३६० थान डिजिटल क्यामरा आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले डिजिटल क्यामराको आयातबाट ६ करोड ११ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ४१ मुलुकबाट डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसरी आयात भएका डिजिटल क्यामराहरुलाई हाइ स्पीड, रेडियशन हार्डेन्ड र अन्यमा वर्गीकरण गरिएको छ।

अन्य इलेक्ट्रोनिक्स सामानजस्तै नेपालमा सबैभन्दा धेरै डिजिटल क्यामरा चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १८ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको ५५ हजार २३६ थान डिजिटल क्यामरा आयात भएको छ।

यसैगरी भारतबाट २४ लाख ५१ हजार रुपैयाँ बराबरको ४३० थान डिजिटल क्यामरा आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य ३९ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका डिजिटल क्यामराहरु भित्रिएका छन् जसमध्ये १० थानमाथि आयात भएका शीर्ष कारोबार तलको तालिकामा देखाइएको छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन५५२३६१८८५४२
भारत४३०२४५१
सं रा अमेरिका२६१००५४
भियतनाम११८३३२३
बेलायत५०३८८
ताइवान४८०२१३७०
जापान३१७३८४२२
थाइल्याण्ड६०४५६३६२
सिङ्गापुर१६३०२७
१०नेदरल्याण्ड्स१२११९
११दक्षिण कोरिया१०९८५

 

प्रकाशित: २५ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...