देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान
काठमाडौँ, २ माघः सुन्धारामा यात्रुको भीड काठमाडौँको सुन्धारामा शुक्रबार देखिएको ट्राफिक जाम र गाडी कुरिरहेका यात्रुको भीड।तस्बिर : ओमप्रकाश बोहरा/रासस

काठमाडौं ।

देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ।

चालु आवको फागुन मसान्तसम्म मात्रै दुई लाख ८१ हजार ९२१ ओटा दर्ता भएका थिए। दर्ता भएका सवारीसाधनमध्ये ५० लाख बढी मोटरसाइकल छन्।

यसैगरी, फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ ओटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ। त्यसमध्ये चालु आवको आठ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो।

चालु आवको प्रथम आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । तीमध्ये पाँच हजार १८६ थान जडान गरिएको छ।

गत फागुन मसान्तसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ। रासस

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...